कर्णालीमा सत्ता वाँडफाँढको किचलो झन् बढ्यो

मातृभूमी राजनितिक व्युराे । ११ कात्तिक दैलेख
कर्णालीमा सत्ता परिवर्तनको चर्चा चुलिएको छ । सम्झौता अनुसार बहालवाला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता साझेदार कांग्रेसका जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गर्ने भनिएको तर शाहीले नछाड्ने संकेत दिएपछि सत्ता परिवर्तनको सवाल पेचिलो बनेको हो । सत्ताघटक दलको भागबण्डामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने रमिता हेरिरहेको छ ।
यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने बेला कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने सम्झौता भएको भनिएको छ । तर नेकपा माओवादी केन्द्रले वैशाख तीन गतेको सहमति पार्टीको संसदीय दल र पार्टीले जानकारी जानकारी नपाएको बताउँदै वर्तमान सरकार जोगाउन पार्टी केन्द्रलाई समेत आग्रह गरेको छ । तर, कांग्रेस नेता शाही भने छिटोभन्दा छिटो सहमति कायान्यन गरेर आफूलाई सत्ताको नेतृत्व दिनुपर्ने दावी गरिरहेका छन् ।
‘विगतमा हामीले कर्णाली हेरेर मात्रै सहमति गरेका थियौं तर अब राष्ट्रिय सहमतिका आधारमा सत्ताको भागबण्डा हुन्छ’, एक माओवादी नेताले भने, ‘मंसिरअघि सत्ता फेरबदलको कुनै सम्भावना छैन ।’ यसरी कांग्रेस र माओवादीको भागबण्डा किचलोको एमालेले रमिता हेरिहेको छ । ‘हामी अहिले पार्टी निर्माणमा लागिरहेका छौं, सत्ताको खेलामा लागेका छैनौं’, एमाले प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘एमाले सत्ताका लागि र्‍याल चुहाएर बस्ने पार्टी होइन । एमाले त्याग पनि गर्छ । चालिस सिटमा बीस सिट जित्दा पनि हामीले त्याग गरेकै हो ।’ उनले परिआएको खण्डमा एमालेले जुनसुकै निणर्य लिन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *