ठाँटिकाँधमा वडा स्तरीय भलिवल प्रतियोगिता हुँदै

मातृभूमी संवाददाता । १८ कात्तिक दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिका वडा नं. ४ मा वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । ठाँटिकाँध गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग र समावेशी सेवा केन्द्रको आयोजनामा वडा स्तरीय खुल्ला भलिवल प्रतियोगिता हुन लागेको हो ।
यहि कात्तिक २१ गतेदेखी संचालन हुने भलिवल प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमशः २५ हजार १ रुपैयाँ, १८ हजार ७ सय ५१ रुपैयाँ र १२ हजार ५ सय १ रुपैयाँ प्राप्त गर्ने आयोजक समावेशी सेवा केन्द्रका अध्यक्ष नमराज कठायतले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने समुहले यहि कात्तिक २१ गते विहान १० वजे सम्म आफ्नो समुह दर्ता गराई सक्नु पर्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क भने २ हजार तोकिएको छ भने पुरस्कार राशि वितरण गर्दा २५ प्रतिशत कर कट्टा गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *