दुईदिने क्षमता विकास तालिम सुरु

मातृभूमी संवाददाता । २५ कात्तिक दैलेख

लुथरन वर्ल्ड फेडेरेसनकाे सहयाेगमा समुदायमा आधारित संस्था महासंघको आयाेजनामा दैलेखको नारायण नगरपालिका-११ बिन्ध्यवासिनीमा मानव अधिकारकर्मीका लागि २ दिने क्षमता विकास तालिम बिहिवारदेखि सुरु भयाे ।
समुदायमा आधारित संस्था महासंघले सञ्चालन गरेकाे पावर परियोजना अन्तरगत गठित महिला सञ्जाल, सहकारी संस्था, अपाङ्गता सञ्जाल लगायत समूहमा आवद्ध अगुवा सदस्यहरुलाई मानव अधिकार सवालमा अभिमुखीकरण गरिनेछ ।
क्षमता विकास तालिममा परियाेजनाका सवाल समूहका २ पुरुष सहित १३ जना मानव अधिकारकर्मीकाे सहभागिता छ । तालिममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र पावर परियाेजनाका कार्यक्रम संयाेजक टंक सुनारले सहजीकरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *