हाम्रो जित शुनिश्चित छ : भदे वुढा मगर
मातृभूमी राजनितिक व्युरो । ०२ मंसिर दैलेख
नेपाली कांग्रेस दैलेखको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन यहि मंसिर ३ गते हुने भएको छ । यहि मंसिर ३ गते हुने प्रदेश निर्वाचन क्षेत्र अधिवेशनवाट दैलेखमा ४ जना प्रदेश सभापति सहितको कार्य समिति चयन हुने भएको छ । जसका लागी दैलेखका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन ईतरका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिन लागेका छन् ।
दैलेख जिल्लाको सदरमुकाम समेत रहेको निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) मा रोमान्चक भिडन्त हुने देखीएको छ । यस प्रदेश निर्वाचन क्षेत्र (ख) मा नौमूले गाउँपालिका, महावु गाउँपालिका र नारायण नगरपालिका पर्दछ । यस क्षेत्रमा संस्थापन पक्ष र संस्थापन ईतर पक्षले आ-आफुले जित्ने दावी समेत गरेका छन् ।
कांग्रेस महाधिवेशन अन्तरगत प्रदेश निर्वाचन क्षेत्र (ख) मा संस्थापन पक्षवाट रामकृष्ण गुरुङ र संस्थापन ईतर पक्षवाट नौमूले गाउँपालिका दैलेख अध्यक्ष एवं नेपाली कांग्रेस दैलेखका जुझारु, ईमान्दार एवं कर्मठ व्यक्ति भदे वुढा मगरवीच सभापतिमा भिडन्त हुने देखिएको छ । दुवै खेमका उम्मेदवारले आ-आफ्नो खेमाले विजयी हासिल गर्ने वताउँदै आएका छन् । पत्रकारसँग कुरा गर्दै प्रदेश निर्वाचन क्षेत्र (ख) का सभापति पदका उम्मेदवार भदे वुढा मगरले आफ्नो खेमाले विजयी हासिल गर्ने दावी गरेका छन् ।
उनले भने, ‘हामी नौमूले, महावु र नारायणमा वलियो छौँ । हामी वलियो भएको हुँदा हाम्रो जित सुनिश्चित छ । हाम्रो प्यानल नै विजयी हुन्छ ।’ सभापति पदका उम्मेदवार वुढाले आफुले यस निर्वाचनमा जित हाँसिल गरे यस प्रदेश निर्वाचन क्षेत्रका ३ वटै पालिकामा आगामी दिनमा आउन लागेको स्थानीय तहको निर्वाचन जिताएरै छाड्ने प्रतिवद्धता समेत जनाएका छन् । वुढाले भने, ‘यदि कांग्रेसको महाधिवेशन अन्तरगत यहि मंसिर ३ गते हुन लागेको प्रदेश निर्वाचन क्षेत्र (ख) को निर्वाचनमा हाम्रो प्यानल विजयी भएमा स्थानीय तहको चुनाव पनि जिताउने छौँ ।’
भ्रष्टाचार रहित प्रदेश निर्वाचन क्षेत्र निर्माण गर्नका लागी, पार्टीलाई अझैं मजवुद वनाउनका लागी भएपनि आफ्नो प्यानलाई अत्याधिक वहुमतले विजयी गराउन सम्पुणर् नेता तथा कार्यकर्ताहरुलाई अनुरोध समेत गरेका छन् । नेपाली कांग्रेस दैलेखलाई मजवुद, क्रियाशिल र शक्तिशाली वनाउन आफ्नो प्यानलाई नेता कार्यकर्ताले मतदान गरेर अत्याधिक वहुमतले विजयी गराउनेमा आफु ढुक्क भएको अध्यक्ष वुढाले वताए ।
दैलेख जिल्लामा संस्थापन पक्ष भन्दा संस्थापन ईतर पक्ष वलियो भएको नेपाली कांग्रेस दैलेखका नेता कार्यकर्ताहरु वताउँदै आएका छन् । समग्र जिल्लामा हेर्दा संस्थापन (सभापति देउवा) पक्ष भन्दा संस्थापन ईतर (रामचन्द्र पौडेल) पक्ष वलियो रहेको भन्दै आगामी मंसिर ३ गते हुन लागेको प्रदेश निर्वाचन क्षेत्रमा आफ्नो पक्ष आउने उनीहरुको दावी छ । यसैक्रममा उम्मेदवारहरुले गाउँ तथा घरदैलो अभियान संचालन गरेका छन् ।