कांग्रेस दैलेखको प्रदेश निर्वाचनमा दुई क्षेत्रमा पौडेल र दुई क्षेत्रमा देउवाका सभापति विजयी

मातृभूमी राजनितिक व्युरो । ०५ मंसिर दैलेख
नेपाली कांग्रेस दैलेखको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन यहि मंसिर ३ गते सम्पन्न भएको छ । यहि मंसिर ३ गते भएको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनवाट दैलेखमा ४ जना प्रदेश सभापति सहितको कार्य समिति चयन भएको छ । जसका लागी दैलेखका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन ईतरका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए ।
निर्वाचन क्षेत्र नं. १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा पौडेल समुहका सभापति विजयी भएका छन् भने निर्वाचन क्षेत्र नं. २ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका सभापति विजयी भएका छन् । निर्वाचन क्षेत्र नं. १ को (क) मा पौडेल समुहका वखत सापकोटा र (ख) मा भदे वुढा मगर विजयी भ एभने निर्वाचन क्षेत्र नं. २ को (क) मा देउवा समुहका टंक रिमाल र (ख) मा खगेन्द्र शाही प्रदेश सभापतिमा विजयी भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (क) मा पौडेल समुहका वखत सापकोटा १ सय ९४ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी देउवा समुहका निराजन खत्रीले १ सय ७० मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिका पर्दछन् । यसैगरी निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) मा पौडेल समुहका भदे वुढा मगरले ३ सय १७ मत ल्याएर प्रदेश सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी रामकृष्ण गुरुङले १ सय १८ मत ल्याएका थिए । गुरुङको भन्दा वुढाले झण्डै २ सय मत वढि ल्याएर प्रदेश सभापतिमा विजयी भएका हुन् । यस निर्वाचन क्षेत्रमा महावु र नौमूले गाउँपालिका तथा नारायण नगरपालिका पर्दछ ।
यस्तै दैलेखको निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र (क) मा देउवा समुहका टंक रिमाल २ सय ८ मत ल्याएर प्रदेश सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी धर्मनाथ योगीले ९९ मत ल्याएका छन् । योगी भन्दा रिमालले १ सय वढि मत ल्याएर प्रदेश सभापति वनेका छन् । यस निर्वाचन क्षेत्रमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिका पर्दछ । यसैगरी निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र (ख) मा देउवा समुहकै खगेन्द्र शाही विजयी भएका छन् । उनले २ सय ७ मत ल्याएर प्रदेश सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी पौडेल समुहका लव वहादुर शाहीले १ सय ९९ मत ल्याएका छन् । खगेन्द्र झिनो मतान्तरले प्रदेश सभापतिमा विजयी भएका हुन् । यस निर्वाचन क्षेत्रमा सभापति र केहि प्रदेश प्रतिनिधी वाहेक अन्य पदमा पौडेल समुहको दवदवा रहेको जनाईएको छ ।
यहि मंसिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते हुने जिल्ला अधिवेशनको चुनावलाई विषेश महत्वका रुपमा हेरीएको छ । ६ हुने क्षेत्रीय अधिवेशनमा दैलेख निर्वाचन क्षेत्र नं. १ मा पौडेल समुहका दशरथ खड्का र देउवा समुहका नगेन्द्र मल्लवीच प्रतिष्पर्धा हुन लागेको छ । निर्वाचन आ-आफ्नो पक्षमा पार्नका लागी नेता तथा कार्यकर्ता दौडदुप गरीरहेका छन् । क्षेत्रीय अधिवेशनमा आफ्नो प्यानल नै विजयी हुने दुवै पक्षका नेताहरुले वताई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *