गुटगत हाेईन, सिंगो कांग्रेस वनाउँछौँ : दशरथ खड्का
मातृभूमी राजनितिक व्युरो । ०५ मंसिर दैलेख
नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तरगत यहि मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशन हुन लागेको छ । मंसिर ६ मा हुने क्षेत्रीय अधिवेशनवाट आफु क्षेत्रीय सभापति पदमा विजयी हुने दशरथ खड्काले दाबी गरेका छन् । आसन्न अधिवेशनमा दैलेख निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका खड्काले मंसिर ६ गते हुने निर्वाचनमा क्षेत्र नं. १ का पाँचवटै गाउँपालिका र १ नगरपालिकाका वडा सभापति, क्षेत्रीय प्रतिनिधिहरूले आफ्नो पक्षमा मतदान गर्ने विश्वास रहेको बताए ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा संस्थापन पक्ष र संस्थापन ईतरका नेताहरुवीच क्षेत्रीय सभापतीका लागी चुनावी प्रतिस्पर्धा हुने भएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिका लागी संस्थापन ईतर (पौडेल) समुहबाट भगवतिमाई गाउँपालिकाका दशरथ खड्का र संस्थापन समूहबाट डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष समेत रहेका नगेन्द्र बहादुर मल्ल चुनावी मैदानमा उत्रिएका छन् ।
पार्टी भित्र ईमान्दार, बौद्धिक, शालीन, मिलनसार, मेहेनेती र कुशल सगठक रूपमा आफ्नो छुट्टै पहिचान बनाएका खड्का क्षेत्रीय सभापति पदमा आफ्नो प्यानल नै विजयी हुने वताउँछन् । एउटा ईमान्दार, परिपक्व, बौद्धिक, शालीन, मिलनसार, मेहेनेती र कुशल सगठकलाई क्षेत्रीय सभापति पदको उम्मेदवार वनाउँन पाउँदा खुसी लागेको नेपाली कांग्रेसका युवा नेता निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) का नवनिर्वाचित सभापति भदे वुढा मगरले बताए ।
लामो समयदेखी राजनितिलाई नै आफ्नो मुल पेशा वनाई राजनिति मार्फत नै असल र सभ्य समाज निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ यहि मंसिर ६ गते हुने क्षेत्रीय निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिन लागेको क्षेत्री सभापति पदका उम्मेदवार दशरथ खड्काले वताए । उनले निर्वाचन क्षेत्र नं. १ का सबै प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मतदान गर्न समेत अनुरोध गरेका छन् । खड्काले सभापतिमा आफू लगायत आफ्नो समूहका सबै उम्मेदवारको पक्षमा मतदान गरी जिताउन समेत अनुरोध गरे ।
क्षेत्रीय सभापति पदका उम्मेदवार खड्काले आफु क्षेत्रीय निर्वाचनमा विजयी भए पार्टीभित्र कुनै गुट, उपगुटको नभई सम्पुणर् नेपाली कांग्रेसको नेतृत्व गर्ने वताए । उने भने, ‘कुनै गुट, उपगुट हैन सम्पुणर् कांग्रेस एक वनाउछु । आगामी दिनमा आउन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ का ६ वटै गाउँपालिका र नगरपालिकामा कांग्रेसलाई जिताएरै छोड्छौँ । प्रदेशमा पनि जुझारु टिम विजयी भएको छ । कांग्रेसलाई गुटगत राजनितिको छायाँ समेत पर्न दिदैनौँ । त्यसैले हाम्रो समुहलाई ढुक्क भएर मतदान गर्नुहोस् ।’