भिरबाट खसेर युवककाे मृत्यु

मातृभूमी संवाददाता । ०९ मंसिर दैलेख

दैलेखमा मेला हेर्न गएका एक युवककोे मृत्यु भएको छ । बिहिबार जिल्लाको भगवतीमाई गाउँपालिका २ का अन्दाजी २२ वर्षीय युवकको मेला हेर्न गएको समयमा भीरबाट खसेर घाइते भएका थिए । उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले भगवतीमाई गाउँपालिका ३ सान्तडामा लाग्ने स्थानीय परम्परागत मेला हेर्न गएका गमबहादुर नेपालीको भीरबाट अन्दाजी ७५ मिटर तल खसेर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बताएको छ ।

घटनास्थलमा प्रहरी चौकी दैलेखको बेस्तडाबाट ५ जनाको टोली खटिएर उक्त व्यक्तिको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याईएकाे र नेपालीको बिहिबार दिउँसो करिब २ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *