काँग्रेस दैलेखको सभापतिका लागी रेग्मी र भण्डारी चुनावी मैदानमा

मातृभूमी संवाददाता । ११ मंसिर दैलेख
नेपाली काँग्रेस दैलेखको अधिवेशन अन्तरगत शनिवार (आज) मतदान भैरहेको छ । जिल्ला सभापतिका लागी मणिराम रेग्मी र घनश्याम भण्डारी प्यानल सहित चुनावी मैदानमा होमिएका छन् । संस्थापन (शेर बहादुर देउवा) समुहबाट भण्डारी र संस्थापन इतर (रामचन्द्र पौडेल) समुहबाट रेग्मी प्यानल सहित निर्वाचन होमिएका हुन् ।
मणिराम रेग्मी सभापति रहेको प्यानलबाट उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी उम्मेदवार छन् भने सहसचिवमा महेन्द्र बहादुर शाही (चट्टान) र कनक बहादुर सेन चुनावी मैदानमा छन् ।
यस्तै घनश्याम भण्डारी सभापति रहेको प्यानलबाट उपसभापतिमा बखत बहादुर कटुवाल र गणेश कुमार शाही, सचिवमा रत्न बहादुर शाही र हेम शंकर शर्मा अधिकारी चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी, भण्डारीको प्यानलबाट सह-सचिवमा धिरेन्द्र सापकोटा र ईश्वर कुमार थापा उम्मेदवार रहेका छन् । साथै, अन्य सदस्य पदका लागि दुई वटै प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।
दुवै पक्षले आ-आफ्नो प्यानल वहुमत सहित चुनाव जित्ने दावी प्रस्तुत गरेका छन् । सभापति पदका उम्मेदवार मणिराम रेग्मी जिल्लाका ईमान्दार, शालिन, वौद्धिक, नैतिकवान र पाका नेता मानिन्छन् । अर्का सभापति पदका उम्मेदवार घनश्याम मण्डारी जिल्लामा युवा नेताका साथै युवाहरुका ढुकढुकी मानिन्छन् । भण्डारीलाई जिल्लामा राजनितिको चतुर खेलाडीको रुपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *