दैलेख काँग्रेसको सभापतिमा रेग्मी विजयी

मातृभूमी संवाददाता । १२ मंसिर दैलेख
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा संस्थापन पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पराजित गर्दै रेग्मी सभापतिमा निर्वाचित भएका हुन् । रेग्मीले ७ सय ९१ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी भण्डारीले ७ सय ५४ मत प्राप्त गरे । रेग्मी रामचन्द्र पौडेल पक्षका हुन् ।
भण्डारी दुल्लु नगरपालिकाका प्रमुख समेत हुन् । यस्तै उप-सभापतिमा नवराज शाही ७ सय ४१, रिताकुमारी शाही ७ सय ५८, सचिवमा खेमराज वली ७ सय ७६, नारायण प्रसाद रेग्मी ७ सय ७६ र उप-सचिवमा कनकबहादुर सेन ठकुरी ७ सय ५३ र महेन्द्र बहादुर शाही चट्टान ७ सय १० मत ल्याएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *