दैलेखमा पहिलो पटक महिन्द्राको सर्भिस सेन्टर संचालन

मातृभूमी संवाददाता । १३ मंसिर दैलेख
दैलेखमा पहिलो पटक महिन्द्रा कम्पनीका सवारी साधनको आधिकारीक सर्भिस सेन्टर सञ्चालनमा आएको छ । जिल्लाको त्रिभुवन माध्यामिक विद्यालय पछाडी महिन्द्रा कम्पनीका सवारी साधनको आधिकारीक सर्भिस सेन्टर सञ्चालनमा ल्याईएको हो । सर्भिस सेन्टरको सोमवार (मंसिर १३ गते) दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष दानवहादुर थापा र वालाजु अटो वर्क प्रालिका डेपुटि जनरल म्यानेजर युगल सिंहले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
आम महिन्द्रा कम्पनीका सवारी धनी र संचालकको सुविधालाई मध्यनजर गर्दै दैलेखमै पहिलो पटक महिन्द्रा कम्पनीका सवारी साधनको आधिकारीक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको मुनाल अटो पाट्स एण्ड वर्क सप दैलेखका संचालक राजु खड्काले जानकारी दिए ।
सवारी साधन मर्मत संभारका लागी जिल्ला वाहिर जानुपर्ने वाध्यतालाई ध्यानमा राखेर दैलेखमै संर्भिस सेन्टर संचालनमा ल्याएको संचालक खड्काले बताए । खड्काले भने, ‘जिल्ला वाहिर सुर्खेत नेपालगञ्ज गएर सवारी साधन मर्मत संभार गर्नु पर्ने वाध्यतालाई मध्य नजर गरेर जिल्लामा सर्भिस सेन्टर संचालनमा ल्याएका छौँ । दैलेखमै जेनुन पाट्सहरु पाईने र घर आगनमै सेवा दिनका लागी रहेका छौँ । ढुक्क भएर आफ्नो सवारी साधन सर्भिस गर्दा हुन्छ ।’
उद्घाटन कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघका महासचिब राजेश कुमार हमाल, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा, एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक शाही, जिल्लामा संचालित विभिन्न वैंकका प्रमुख तथा प्रतिनिधी, सदरमुकामस्थित प्रतिष्ठित व्यवसायीहरु लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *