आफ्नै छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा वावु पक्राउ
मातृभूमी संवाददाता । २२ मंसिर दैलेख
आफ्नै नावालिक छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पिडितको आमा परिवर्तित नाम ६२ ‘ख’ १५ ले दिएको जाहेरीका आधारमा मंसिर २१ गते राती सबै जना सुतिरहेको बेला तथा घरमा पिडितकी आमा समेत घरमा नभएको मौका पारी वर्ष ४८ का परिवर्तित नाम ६२ ‘ख’ १७ ले आफ्नै नाबालिका छोरी बर्ष १६ कि परिवर्तित नाम ६२ ‘ख’ १६ लाई करणी प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । दैलख प्रहरीले जिल्ला अदालत दैलेख मार्फत (जवरजस्ती करणी उद्योग) मुद्दा शिर्षकमा ७ दिन म्याद थप गरी अनुसन्धानका लागी हिरासतमा राखिएको छ । पिडित नाबालिका छोरीका अनुसार निज प्रतिवादी पिडितको बुवाले बिभिन्न मितीमा ३ पटक जबरजस्ती करणी गर्ने प्रयास गरिसकेका छन् ।