समाजवादी सतिसाल हो : उपमहासचिव ज्वाला

मातृभूमी राजनितिक व्युरो । २२ मंसिर दैलेख
नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कणर्ाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले समाजवादी सतिसाल भएको बताएका छन् । दैलेख जिल्ला कमिटीको दोश्रो पूणर् बैठकमा बोल्दै उनले निष्ठा, इमान, प्रतिवद्धता भएको नीति, नियम र पद्धतिको पालना गर्ने भएको कारण एमालेबाट विद्रोह गरी बनाइएको नयाँ पार्टी आधारशिलाले साल जस्तै बलियो भएको उनले प्रष्ट्याए ।
एमालेको मूले नेतृत्वले अराजकता, अवसरवादी र गुटबन्दी गरेको कारण अग्रगमन र रुपान्तरणका लागि क्रान्तिकारीले नयाँ पार्टी बनाएकोले सबै किसिमका विभेद, असमानता र अन्याय विरुद्ध सामाजिक अभियान थाल्न पार्टी पङ्तिलाई उपमहासचिव ज्वालाले निर्देशन दिए । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का कणर्ाली प्रदेश कमिटीका अध्यक्ष अम्मरबहादुर थापाले पार्टीद्वाा निर्देशित विचार, सिद्धान्तलाई कार्यकर्ता र आमसर्वसाधारण समक्ष लिएर प्रष्टयाउन सके संगठन विकासमा सहज हुने बताए ।
पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज टेकबहादुर खाँणले पार्टी संगठन निर्माण, कार्यकर्ता परिचालन र जनजीविकाको सवाल विषयमा अध्ययन तथा प्रशिक्षणको आवश्यकता औल्याए । जिल्ला अध्यक्ष बरुनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन पार्टी सचिव मानबहादुर खड्काले गरेका थिए ।
बैठकमा नेकपा (एकीकृत समाजवादी)का ११ वटै स्थानीय तहका संगठन स्वरुप, राजनीतिक अवस्था र स्थानीय पार्टीले अंगिकार गरेका रणनीति बारे बिश्लेषण सुनाएका थिए । नौमूले गाउँ कमिटीका अध्यक्ष कृष्ण सलामीले आफूहरु १० जना लोभीपापी भित्र्याउनु भन्दा १ जना जनाधार भएको असल कार्यकर्ता साथ लगाउने गरेको सुनाए ।
स्थानीय तहगत पार्टी संगठन अवस्था बारे नारायण नगर कमिटीका सचिव हर्क नेपाली, महाबु गाउँ कमिटीका अध्यक्ष देवबहादुर हमाल, भगवतीमाई गाउँ कमिटीका कणर्बहादुर शाही, डुंगेश्वरका रबिन्द्र डाँगी, गुराँस गाउँ कमिटीका अध्यक्ष भूपेन्द्र खड्का, भैरबी गाउँ कमिटीका अध्यक्ष जगत आचार्य, ठाँटीकाँधका सुस्मिता सिंह, चामुण्डा बिन्द्रासैनी नगर कमिटीका लक्षिराम केसी, दुल्लू नगर कमिटीका भीमप्रसाद शर्मा र आठबीस नगर कमिटीका अध्यक्ष दीपबहादुर थापाले प्रष्ट्याएका थिए ।
जिल्ला कमिटीको बैठकलेले स्थानीय तहका बाँकी वडाहरुमा कमिटी गठन, संगठित सदस्यता वितरण तथा नवीकरण, निकट भविष्यमा थाल्न लागेको घरदैलोमा स्टीकर बितरण योजना, पार्टीका जनवर्गीय संगठनहरुको परिचालन लगायतका अभियान योजना तयार गरेको पार्टीका जिल्ला सचिव मानबहादुर खड्काले जानकारी दिए ।
बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यहरु पार्वती बिशुन्के, सावित्री मल्ल, तर्कबहादुर शाही, प्रदेश कमिटीका सदस्यहरु मायाराम अधिकारी, गोकणर् माझी, भीमबहादुर गुरुङ, प्रेमकुमारी बुढा, खजुरा सुजी, बालकृष्ण केसी, नमनकुमार शाही, हेमन्त दशौदी लगायतका नेताहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *