नियमित पढाईका लागी छात्रवृति

मातृभूमी संवाददाता । ०१ पौष दैलेख
आर्थिक अवस्था कमजोर भई विचैमा पढाई छाड्ने अवस्था आइरहेकै वेला दैलेख क्षेत्र नं. १ का ४ विद्यालयमा नियमित पढाईका लागी विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । एभरेष्ट क्लब दैलेखको सहजिकरणमा किशोर किशोरी तथा युवा सशक्तिकरण परियोजना अन्तरगत विपन्न परिवारका वालिवालिकालाई छात्रवृति वितरण गरिएको हो ।
दैलेखका महेन्द्र माध्यामिक विद्यालय सोत, रेडक्रस माध्यामिक विद्यालय भुर्ती, सरस्वती माध्यामिक विद्यालय तर्ताङ र वसन्त माध्यामिक विद्यालय किमुगाउँका ४५ जना छात्र छात्रालाई छात्रवृति वितरण गरिएको परियोजनाका कार्यक्रम अधिकृत टेकराज न्यौपानेले वताए । प्रत्येक छात्र छात्रालाई १२ हजारका दरले छात्रवृति वितरण गरिएको कार्यक्रम अधिकृत टेकराज न्यौपानेले वताए ।
परियोजना अन्तरगत आर्थिक विपन्न, अनाथ तथा अपांगता भएका वालवालिकालाई पढाई खर्च स्वरुप छात्रवृति वितरण गरिएको हो । विहिवार परियोजना सञ्चालन भएका दैलेखका ४ विद्यालयमा अनुगमनका क्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्रि मल्लले छात्रवृति पाउने विद्यार्थी तथा अभिभावकलाई रकम सदुपयोग गरी विद्यार्थीको पठन पाठनमा सदुपयोग गर्न आग्रह गरीन् । उनले शिक्षा क्षेत्रमा परियोजना लगाएत अन्य संघ सस्थाले सहयोग गरि विद्यार्थीको उज्जल भविष्य निर्माणमा सहयोग पुर्‍याउन अनुरोध गरेकी थिइन् ।
अनुगमन कार्यक्रममा नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम वुढा लगाएतको टोली सहभागी रहेको थियो । सहभागिहरुले यसको निरन्तर अनुगमन तथा छात्रवृति पाएका विद्यार्थीले सहि ठाउँमा खर्च गरे नगरेको वारेमा रेखदेख गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *