प्याब्सन दैलेखको अध्यक्षमा रमा प्याकुरेल चयन

मातृभूमी संवाददाता । ०३ पौष दैलेख
निजी विद्यालय सञ्चालकहरुको संगठन निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) दैलेखको अध्यक्षमा रमा प्याकुरेल चयन भएकी छन् । प्याब्सन दैलेखको छैठौँ जिल्ला अधिवेशनवाट अध्यक्ष सहित सबै पदाधिकारीहरु सर्वसहमतिमा चुनिएका हुन् ।
शनिवार जिल्लामा भएको निजि विद्यालय संचालकहरुको छैठौँ जिल्ला अधिवेशनवाट सर्वसहमतिमै पदाधिकारी सहितको कार्यसमिति चयन गरिएको प्याब्सनका नवनिर्वाचित अध्यक्ष प्याकुरेलले जानकारी दिईन् । जसको उपाध्यक्षमा जयवहादुर विष्ट, कोषाध्यक्षमा चिनवहादुर शाही, सचिवमा प्रकाश वहादुर चन्द सर्वसहमतिमा चुनिएका छन् ।
यसैगरी प्याब्सन दैलेखको सदस्यहरुमा पुस्कर दाहाल, हिरालाल शर्मा, चक्र वडुवाल, विना खत्री, राजन वुढा, लक्ष्मी शाही, प्रकाश शाही, शेरवहादुर कठायत र शशिराम वि.क.लाई चयन गरिएको हो । जिल्ला भेलाले सुवास थापा, मानवहादुर भण्डारी, लवराज थापा र बालकृष्ण के.सी.लाई सल्लाहकार चयन गरिएको जनाईएको छ ।
नवनिर्वाचित कार्य समितिको पहिलो वैठकले पुरानो कार्य समितिलाई उच्च सम्मान व्यक्त गर्दै नयाँ कार्य समितिलाई अझै चलायमान वनाएर लैजाने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!