वित्तीय साक्षरता तथा डिजिटल वैंकिङ्ग सिकाउँदै ग्लोवल

मातृभूमी संवाददाता । ०५ पौष दैलेख
ग्लोवल आईएमई वैंकले दैलेखमा वित्तीय साक्षरता तथा डिजिटल वैंकिङ्ग कार्यक्रम गरेको छ । प्रदेशका बिभिन्न ठाउँमा वित्तीय साक्षरता तथा डिजिटल वैंकिङ्ग कार्यक्रम गरिसकेको ग्लोवल आईएमई बैंकले दैलेख सदरमुकाममा कार्यक्रम गरेको हो ।
कार्यक्रममा ग्लोवल आईएमई वैंकका स्वेच्छा राना, अमित खड्का र ग्लोवल आईएमई वैंक कणर्ाली प्रदेश प्रमुख विष्णु अर्यालले वित्तीय कारोबार, तथा डिजिटल वैंकिङ्गका विषयमा अभिमुखीकरण गरेका थिए ।
वित्तीय साक्षरता तथा डिजिटल वैंकिङ्ग कार्यक्रमका सहभागीहरुले वित्तीय साक्षरता र डिजिटल बैंकिङ्ग प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराई दिएकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा जिल्ला स्थीत व्यापारी, कर्मचारी, विद्यार्थी, पत्रकार र आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!