काँडाचौर बर्सपार्क कायम गर्न माग गर्दै स्थानीयको सिठ्ठी जुलुस

मातृभूमी संवाददाता । ०५ पौष दैलेख
दैलेखको काँडाचौर बर्सपार्कलाई स्थायी रुपमा कायम माग गर्दै स्थानीयले सिठ्ठी जुलुस गर्दै नारायण नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । गत मंसीर १४ गते जिल्लाका सरोकारवालाहरुको बैठकले काँडाचौर बसपार्कलाई स्थायी रुपमा कायम गर्न गरेको निणर्यलाई कार्यान्वयन गर्न माग गर्दै स्थानीयले सिठ्ठी जुलुस सहित नगरप्रमुख रत्नबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका हुन ।
गत मंसीर १४ गते जिल्लाका सरोकारवालाहरुबीचको बैठकले काँडाचौर बसपार्कमा नै गाडीहरु पार्किङ गर्ने निणर्य गरेको थियो । सोही निणर्यलाई कार्यान्वयन गर्न माग गर्दै सोमवार स्थानीयले नगरप्रमुख खड्कालाई ज्ञापनपत्र बुझाएका हुन ।
दैलेख सदरमुकाममा अस्तव्यस्त पार्किङले बजारको सुन्दरतामा असर गरेको र ओहोर-दोहोरमा समेत समस्या हुने गरेको भन्दैै सरोकारवालाको बैठकले बसपार्कमै गाडीहरु पार्किङ गर्नुपर्ने निणर्य गरेको थियो ।
दैलेखमा संचालन हुने यात्रुुबाहक बस मालबाहक साधनहरु पुष्पलाल मध्यपहाडी रुट प्रयोग गर्नू पर्ने, बजार क्षेत्रका अव्यवस्थित तार व्यवस्थापन, गाडी पार्किङ, सदरमुकामका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न बजार क्षेत्रमा सवारी पार्किङका गर्न नपाउने यस अघि नै निणर्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *