नेपाल बिउ व्यावसायी महासंघ कर्णालीकाे अध्यक्षमा आचार्य

मातृभूमी संवाददाता । ०५ पौष सुर्खेत
नेपाल बिउ व्यावसायी महासंघ कर्णाली प्रदेशको दोश्रो अधिबेशन सम्पन्न भएको छ । सोमवार भएको अधिवेशनले अनुपम एग्रोभेटका संचालक श्रीप्रशाद आचार्यको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण एग्रोभेट सेन्टरका कृष्ण बहादुर शाही, प्रलाद पंगाली एग्रोभेटका संचालक देबी कुमारी आचार्य, महासचिवमा समृद्धी एग्रो सोलुसनका याम शर्मा, सचिवमा कर्णाली एग्रोभेटका संचालक रेशम शाही र कोषाध्यक्षमा काँक्रेविहार पोल्ट्री फिड सप्लार्यका सर्जुमा लामा रहेका छन् ।
यस्तै सदस्यहरुमा रत्न बहादुर गौतम, जितेन्द्र श्रीस, कमल प्रशाद ज्ञवाली, रुपलाल खराल, किसान पाण्डे, टिकाराम न्यौपाने र यादव प्रशाद चालिसे चयन भएको महासचिव याम शर्माले जानकारी दिए । कर्णालीका १० वटै जिल्लामा बिउ व्यावसायी महासंघको शाखा विस्तार गर्ने किसान तथा व्यावशायीहरुको हितका लागी निती निर्माणमा सहयोगर्ने महासंघको योजना रहेको महासचिव शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.