विधुत प्राधिकरण दैलेखवाट ठगिदै सेवाग्राही
मातृभूमी संवाददाता । ०८ पौष दैलेख
नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दैलेखले ग्राहकलाई ठग्ने गरेको पाईएको छ । वितरण केन्द्र दैलेखले मिटर रिडिङ गर्दा ठग्ने गरेको पाईएको हो । दैलेख सदरमुकाममा सेवा ग्राहीको घरमा मिटर रिडिङ गर्ने क्रममा प्राधिकरणले सेवाग्राहीलाई ठग्ने पाईएको छ ।
प्राधिकरणले सेवाग्राहीलाई थमाएको विलमा ४० युनिट खपत भएकोमा १५५ युनिट उल्लेख गरी विल थमाएको छ । एक सेवाग्राहीले नाम नछाप्ने शर्तमा भने, ‘चार पाँच सय विल आउँथ्यो यसपाली १४ सय आयो । यस विषयमा पढेलेखेकालाई सोध्दा आफु ठगिएको पाएँ ।’
हुन पनि वितरण केन्द्र दैलेखले सेवाग्राहीलाई थमाएको विलमा कार्तिकमा ५५ युनिट मात्र खपत भएको देखिन्छ । तर मंसिरमा भने १५५ युनिट खपत भएको उल्लेख छ । विलमा साविकको अंक ११७८५ र हालको अंक ११८२५ छ साविक र हालको अंक अनुसार ४० युनिट हुनुपर्नेमा प्राधिकरणले १५५ युनिट उल्लेख गरी १४१० रुपैयाको विल सेवाग्राहीलाई थमाएको छ ।
पिडित सेवाग्राहीले नाम नछाप्ने शर्तमा मातृभूमी अनलाइनसँग कुरा गर्दै भने, ‘सदरमुकाममै त प्राधिकरणले यसरी ठगिरहेको छ । गाउँका सोझासाझा जनतालाई झन् के गरिरहेको होला ? कार्तिकमा जम्मा ५५ युनिट आएको थियो । त्यसको भुक्तानी पनि अनलाईन मार्फत गरी सकेका थियौँ । तर मंसिरमा १५५ युनिट आयो । म अचम्ममा परे । मंसिरमा न पंखा चलाएका छौँ । न फ्रिज चलाएका छौँ । न पानी तान्ने मोटर चलाएका छौँ । नत हिटर नै वालेका छौँ । आफैले चेकजाँच गर्दा प्राधिकरणले हामीलाई ठगेको रहेछ । सदरमुकाममा त ठग्ने प्राधिकरणले गाउँका सोझा जनतालाई झन् के गरेको होला ?’
यो त एउटा प्रतिनिधी घटना मात्र हो । यसरी ठगिनेमा कयौँ सेवाग्राही हुन सक्छन् । यस विषयमा सम्वन्धीत र सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।
याे समस्या मेराे पनि छ।ईलेक्ट्रिक केटली मा पानी उमालेर बढी बिल आएको भन्छन् ।मिटर मै समस्या निकालेको हाे कि खै।गाउँ घरमा ३०० भन्दा कम विल आउँदैन ।अरुको रु ३० आउँदा मेराे १७५ भन्दा माथि आउँछ।म पनि अन्यायमा छु।