दैलेखवाट कांग्रेसको पहिलो केन्द्रिय सदस्यमा राना निर्वाचित

मातृभूमी राजनितिक व्युराे । ०८ पौष दैलेख
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा दैलेखवाट पहिलो केन्द्रिय सदस्यमा सीता कुमारी राना निर्वाचित भएकी छन् । कांग्रेस दैलेखको इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य आदीबासी जनजाती महिलातर्फ राना निर्वाचित भएकी हुन् । नेपाली काँग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनबाट आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ चुनावी प्रतिश्पर्धा मार्फत राना निर्वाचित भएकी हुन् ।
आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ पदका लागि ३३ जना चुनावी मैदानमा थिए । रानाले १ हजार ८ सय २६ मत सहित जीत हात पारेकी हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा निकट रानाको जीतले काँग्रेस दैलेखबाट पार्टी केन्द्रीय तहमा पहिलो पटक प्रतिनीधित्व कांग्रेसका नेताहरुले वताएका छन् ।
‘अन्य राजनीतिक दलहरुमा केन्द्रीय सदस्य हुन सहज छ, कतिपय पार्टीमा त टिके प्रथाले दैलेखबाट सहजै केन्द्रीय सदस्य भईरहेका हामीले देखेका छौँ,’ काँग्रेस दैलेखका एक नेताले भने ‘पार्टीमा दैलेखलाई प्रतिनीधित्व गर्दै केन्द्रीय सदस्य पाउनु हाम्रो लागी गर्वको विषय हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *