सिद्धार्थ बैंकको वार्षिक उत्सवमा सरसफाई
मातृभूमी संवाददाता । १० पौष दैलेख
सिद्धार्थ बैंकले १९ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मन्दिर सरसफाई गरेको छ । बैंकको १९ औं वार्षिक उत्सवको अवसरमा दैलेख शाखाले जिल्लाको वेलासपुर मन्दिर सरसफाई गरेको छ ।
जिल्लाको ऐतिहासिक महत्व वोकेको वेलासपुर मन्दिर परिसरमा सरसफाई गरेको सिद्धार्थ बैंक दैलेख शाखाका शाखा प्रमुख जनक ओझाले जानकारी दिए । सरसफाई कार्यक्रम अन्तरगत वेलासपुर मन्दिर परिसर सरसफाई गर्नुका साथै फोहोर फाल्ने डस्टविन राखिएको छ ।
बैंकका दैलेख शाखा प्रमुख ओझाका अनुसार जल्ने फोहोर, गल्ने फोहोर र नजल्ने तथा नगल्ने फोहोर फाल्ने तिन वटा डस्टविन राखिएको छ । बैंकले वार्षिक उत्सको अवसरमा प्रत्येक वर्ष सामाजिक उतरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।