एमाले दैलेखको अध्यक्षमा चार जनाको दावी

मातृभूमी राजनितिक व्युरो । १३ पौष दैलेख
नेकपा एमाले दैलेखको अध्यक्षमा चार जनाले दावी गरेका छन् । यहि पौष २३ गते हुने जिल्ला सम्मेलनमा वर्तमान अध्यक्ष रविन्द्रराज शर्मा सहित चार जनाले अध्यक्षमा दावी गरेका हुन् । एमाले दैलेखका अनुसार पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाहीले पनि अध्यक्ष पदका लागि लबिङ सुरु गरेका छन् । यस्तै अध्यक्ष पदका लागि जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यबहादुर शाहीले समेत दावी प्रस्तुत गरेका छन् ।
नेकपा एमाले केन्द्रिय कमिटिमा हाल दैलेखवाट ६ जना केन्द्रीय सदस्य रहेका छन् । ३ जना निर्वाचन क्षेत्र नं. १ बाट र ३ जना निर्वाचन क्षेत्र नं. २ वाट रहेका छन् । निर्वाचन क्षेत्र नं. १ वाट मिनासिँह रखाल, सूर्य कुमारी श्रेष्ठ र धर्मराज रेग्मी केन्द्रिय सदस्य बनेका छन् । यस्तै निर्वाचन क्षेत्र नं. २ बाट बिष्णु रिजाल, राज बहादुर बुढा र लक्ष्मीप्रसाद पोखरेल केन्द्रीय सदस्य बनेका छन् ।
सोही आधारमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शर्मा बलियो उम्मेदवार बनेका हुन् । उनी प्रतिनिधिसभा सदस्य समेत हुन् । जिल्ला सम्मेलनका लागी ६ सय ७५ जना प्रतिनिधि रहने छन् । जिल्ला नेतृत्वका लागी सर्बसम्मत गर्ने तयारी रहेको नेताहरुले वताउँदै आएका छन् । यसैबीच सदरमुकाममा वसेको एमाले दैलेखको जिल्ला कमिटी बैठकले वर्तमान अध्यक्ष शर्माको नेतृत्वमा जिल्ला सम्मेलन व्यवस्थापन समिती गठन गरिएको एमाले दैलेखले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *