दैलेख-सुर्खेत सडक खण्डमा पुनः साना सवारी सञ्चालन
मातृभूमी संवाददाता । १४ पौष दैलेख
गत मंसिर १५ गतेदेखि बन्द रहेको दैलेख-सुर्खेत सडक खण्डमा मंगलबारदेखि सञ्चालन भएको छ । उक्त सडक खण्ड अन्र्तगत पर्ने गुराँस गाउँपालिकाको गाईबान्ना स्थित घाम ताप्ने भिरमा सडक फराकिलो बनाउनलाई चट्टान काट्नु पर्ने भएकाले बन्द गरिएको थियो । सोहि सडकमा वैकल्पिक सडकको प्रयोग गरी साना सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
सडक स्तरोन्नतीको काम भइरहेकाले मंसिर दोस्रो सातादेखि दैलेख-सुर्खेत सडक खण्डमा सवारी साधन र मालबाहक गाडी सञ्चालनमा रोक लगाइएको थियो । यो रुटमा अब भने साना यात्रुबाहक सवारी साधन गुड्ने व्यवस्था मिलाइएको हो । मंगलवारदेखि साना यात्रुबाहक सवारी साधन चल्ने भएका हुन् । हाइस, फोर्स लगायतका गाडीलाई दुईतर्फी चल्न दिईने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
बन्दै गरेको सडक पुस मसान्त सम्म अवरुद्ध हुने जनाइएको छ । यसअघि मंसिर १५ देखि पुस १५ गतेसम्म सडक स्तरोन्नती गरिसक्ने भनिए पनि हालसम्म जम्मा आधा काम मात्र सम्पन्न भएको जनाईएको छ । जसले गर्दा सडक मर्मतको काम केही दिन अझै लम्बिने देखिएको हो । त्यतिबेला सम्मका लागि साना सवारी बाइपास रुटबाट र ठूला सवारीका साधन तथा मालबाहक गाडी कणर्ाली राजमार्गको रूट हुँदै संचालन हुनेछन् ।
यात्रुको सहजताका लागी बाइपास रोडलाई ग्राबेल गरेर हाइस तथा फोर्स गाडी दुवैतिर चल्न सक्ने बनाईएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार मालबाहक ट्रक र ठूला बस भने कणर्ाली राजमार्गको बाागेसिमल, तल्लो डुंगेश्वरदेखि सियाकोट जिरो प्वान्टको रूट हुँदै गुड्ने छन् । सबै सवारी साधन यही रूटमा चल्दा दूरी लामो पर्ने र भाडा समेत महँगो भएको गुनासो आएपछि साना सवारी साधन मर्मत हुँदै गरेको सडक खण्डबाटै सञ्चालन गर्ने विकल्प निकालिएको हो । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन सुर्खेतसँग समन्वय गरेर वैकल्पिक बाटो निकालिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।
गुराँस गाउँपालिकाको गाईबान्ना स्थित घाम ताप्ने भिरमा चट्टान काटेर सडक फराकिलो बनाउन लागिएको छ । भीरको चट्टान काट्ने काम ५० प्रतिशत सकिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । उक्त भीरमा साँघुरो बाटो भएकाले फराकिलो गर्न चट्टान काट्न लागिएको हो । अहिले तीन मिटर मात्रै सडक चौडा रहेको यो भीरमा १५ मिटर उचाइको भीर कटान गरेर सडकलाई सात मिटर चौडा बनाउन लागिएको छ ।