दैलेखमा हिमपात, चिसोले जनजीवन प्रभावित (फोटो फिचर)
मातृभूमी संवाददाता । १४ पौष दैलेख
दैलेखमा गएको वर्ष भन्दा यो वर्ष केहि ढिलो हिमपात भएको छ । अघिल्लो वर्ष मंसिरको अन्तिम सातामात्र हिमपात भएको थियो । लगातारको बर्षातसँगै वुधवार राती परेको हिमपातका कारण दैलेख सदरमुकामबाट देखिने डाँडाकाँडा सेताम्य भएका छन् । जिल्लाको महाबु, भैरवी, नौमूले, भगवतीमाई, गुराँस, ठाटीकाँध गाउँपालिका र नारायण नगरपालिका लगाएत यहाँका विभिन्न क्षेत्रमा हिमपात भएका छ । कणर्ाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत र दैलेखको सिमाना रातानाङ्ला, रानीमत्ता र गुराँसे क्षेत्रमा पनि हिउँ परेको छ ।
यस्तै पश्चिमको आठबीस नगरपालिकाको सिंहासैन, पिपलकोट र ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ को कराले, मदानताल र ४ को वुकि, धन्कोट, नौलावन लगाएतका क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण दैलेखमा चिसो बढेको छ । चिसो बढेसंगै जनजीवन प्रभावित भएको छ । दैलेख सदरमुकामका विभिन्न ठाउँहरुमा मानिसहरु आगो तापिरहेका छन् । चिसो वढेसँगै वालवालिका र वृद्धवृद्धालाई न्यानो वनाई राख्न तथा प्रसश्त मात्रामा झोलिलो खानेकुरा खुवाउन स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।