एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

मातृभूमी संवाददाता । १३ पौष काठमाण्डौ
नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा गरेको हो ।
यो नेपालको दोस्रो अन्र्तराष्ट्रिय उपाधि समेत हो । यसअघि बङ्गलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणको उक्त च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा पहिलो ऐतिहासिक स्वणर्पदक जितेको थियो । नेपालले उज्वेकिस्तानमाथि २६-२४, २४-२६, २५-१५, २२-२५ र १५-१० ले जित्न सफल भयो । नेपालले पहिलो सेट २६-२४ ले जितेको थियो भने दोस्रो सेटमा उज्वेकिस्तान विजयी भयो । उज्वेकिस्तान २६-२४ ले विजयी भयो ।
त्यसैगरी तेस्रो सेटमा नेपालले २५-१५ ले जित्यो । चौथो सेट उज्वेकिस्तानले २५ -२२ ले जित्दा खेल २-२ को स्थितिमा आयो । त्यसपछि खेलको पाँचौँ तथा निणर्ायकमा नेपाले १५-१० ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो । लिग चरणमा भने नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३-२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३-० को सोझो सेटमा हराएको थियो । यही पुस ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको महिलातर्फ आयोजक बङ्गलादेश, नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *