नेपालमा कोरोनावाट थप २ जनाको मृत्यु

मातृभूमी संवाददाता । १३ पौष काठमाण्डौ
नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ६६ नमूना परीक्षण गर्दा २ सय ६४ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार थप २ सय ६० जनाले कोरोना जितेर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार २ सय ६५ पुगेको छ । मंगलबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । सोमबार कोरोनाबाट १ जनाले ज्यान गुमाएका थिए ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ८३ हजार २ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!