गर्भ रहेको ३५ वर्षसम्म महिलाको पेटमा ७ महिनाको बच्चा !
के तपाईंले कुनै महिलाले वर्षौँदेखि आफ्नो पेटमा बच्चाको भ्रूण पालेर राखिरहेको सुन्नुभएको छ ? गर्भ रहेको नौ महीनामा बच्चा जन्मिने मानव जातिमा ३५ वर्षदेखि पेटमा गर्भ बसिरहेको कुरा पत्याउन गाह्रो हुन्छ । तर अल्जेरियामा एकजना महिलाको पेटमा ३५ वर्षदेखि गर्भ बसिरहेको छ ।
समाचार अनुसार अल्जेरियामा एकजना ७३ वर्षीया महिलाको पेटमा अचानक भयंकर दुखाई महसुस भयो । पीडाले छटपटाउँदै उनी डाक्टरकोमा पुगिन् । जब डाक्टरहरूले उनको पेट दुखाइको कारण पत्ता लगाउनका लागि परीक्षण गरे तब उनीहरू तीन छक परे । ती वृद्धा महिलाको पेटमा कैयन् वर्षदेखि सात महीनाको भ्रूण बसिरहको थियो । अझ रोचक त के थियो भने आफ्नो पेटमा वर्षौँदेखि गर्भ रहेको कुरामा ती महिला अनभिज्ञ थिइन् ।
डाक्टरहरूका अनुसार पाठेघरको साटो पेटमा गर्भ रहँदा यस्तो हुने गर्दछ । बच्चामा निरन्तर रगतको कमीका कारण भ्रुण विकसित हुन पाउँदैन, जसका कारण भ्रूणलाई बाहिर निकाल्ने कुनै तरिका हुँदैन । विस्तारै भ्रुण पत्थरीमा बदलिन्छ । ती महिलाको पेटमा रहेको भ्रुण पनि विस्तारै त्यसै गरी बेबी स्टोनमा परिणत भयो । एजेन्सी