एउटा अनौठो गाउँ, जहाँ १२ वर्ष पुगेपछि छोरीहरू छोरा बन्दछन्

मान्छे जन्मिदा महिला हुने कि पुरुष वा फरक लैंगिकता भएको हुने भन्ने कुरा प्रकृतिकै देन हो । मानिसको जन्मभन्दा पहिले नै उसको लिंग तय हुन्छ । बाल्यावस्थादेखि किशोरावस्थासम्म उसमा विभिन्न खालका शारीरिक परिवर्तन हुन्छन् । जब जब उमेर बढ्दै जान्छ शरीरमा विभिन्न खालका परिवर्तन हुँदै जान्छन् । पुरुषको अनुहारमा दाह्रीजुँगा पलाउन थाल्दछन् भने महिलाको शरीरमा पनि विभिन्न खालका शारीरिक परिवर्तनहरू देखिन्छन् ।

तर विश्वमा एउटा यस्तो गाउँ पनि छ जहाँ केटी भएर जन्मिएकाहरू उमेर बढेसँगै केटामा परिणत हुन्छन् । यो पढिरहँदा पत्यार नलाग्न सक्दछ, तर साँचो हो । यो अनौठो गाउँमा जबजब छोरीहरूको उमेर बढ्दै जान्छ उनीहरूको शरीरमा बदलाव आउँदै जान्छ र पुरुषजस्तै देखिन थाल्दछन् ।

डोमिनिकन रिपब्लिकमा यस्तो अनौठो गाउँ छ । ला सेलिनास नामक उक्त गाउँलाई मानिसहरू श्रापित गाउँ पनि भन्दछन् । गाउँमा छोरीहरूको उमेर बढ्दैजाँदा केटाजस्तै बन्नुको कारण हालसम्म वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् ।

गाउँका छोरीहरू जब १२ वर्षका हुन्छन् उनीहरू केटाजस्तै बन्दछन् । गाउँमा जन्मिने हरेक ९० जनामा एकजना बालिकाको यसरी लिंग परिवर्तन हुने गरेको छ । उक्त गाउँको जनसंख्या जम्मा ६ हजार छ । छोरीहरू १२ वर्षमा केटाजस्तै बन्ने अनौठो समस्याका कारण गाउँलेहरू त्रसित हुन्छन् । जसका कारण घरमा छोरीको जन्म हुँदा सन्नाटा छाउँछ ।

गाउँलेहरुका अनुसार अदृश्य शक्तिका कारण यस्तो हुने गरेको छ । यसरी १२ वर्ष उमेर पुगेपछि केटा बन्ने छोरीहरूलाई स्थानीय भाषामा ग्वेदोचे भनिन्छ । वैज्ञानिकहरूका अनुसार यो अनौठो रोग आनुवंशिक विकार हो । यस्तो समस्यालाई वैज्ञानिक भाषामा सूडोहर्माफ्रेडाइट भनिन्छ । यो रोगका कारण केटीहरुको आवाज धोद्रो बन्दै जान्छ भने सरीरमा पनि पुरुषजन्य परिवर्तन आएर विस्तारै पुरुषजस्तै बन्दछन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *