सुत्ने कामका लागि ५ वर्षको तलब !

सोसल मिडियामा आजकाल मानिसहरू आफ्नो जीवनसँग सम्बन्धित विभिन्न घटनाहरू शेयर गर्दछन् । एकजना व्यक्तिले अनलाइन शेयरिङ साइट ‘रेडिट’मा आफ्नो जीवनको एउटा यस्तो सन्दर्भ उल्लेख गरेका छन् जुन निकै रोचक छ । उनले आफ्नो जागिरको अनुभव शेयर गरेका छन । उनका अनुसार पाँच वर्षसम्मको जागिरका क्रममा उनले केही पनि काम गरेनन् तर उनको तलब मात्र बढेन जागिरमा बढुवा पनि भैरह्यो ।

सन् २०१५ मा डाटा इन्ट्रीको पदबाट उनले जागिर सुरु गरेका रहेछन् । इमेलबाट पठाइएका दस्तावेजको सूचना सिस्टममा हाल्नु अर्थात् फिड गर्नु उनको काम थियो । इमेलमा आइरहने डकुमेन्टका डाटा सिस्टममा इन्ट्री गरिरहनुपर्ने काम गाह्रो नै थियो वास्तवमा । तर उनले एक कोडका माध्यमबाट आफ्नो पूरै काम केही मिनेटमै सकिदिन्थे ।

एकजना सहयोगीको मद्दतले उनले उक्त कोडको विकास गरेका थिए, किनकि उनलाई कोडिङ आउँदैनथ्यो । आफ्नो दुई महीनाको तलब उनले त्यहीँ कोडिङको विकासमै खर्च गरेका थिए । उनले केवल यतिमात्र गर्नुथियो कि एक घण्टामा कति अर्डरहरू प्रोसेस गर्ने ।

कम्पनीले यातायातको पैसा बचाउनका लागि उनलाई घरबाटै काम गर्ने अनुमति दियो । तर रातको समयमा गर्नुपर्ने काम कोडिङको सहयोगमा जम्मा पाँच मिनेटमै सकाइदिन्थे । उनले कम्प्युटरलाई खोलिदिन्थे, कोड चलाइदिन्थे र छाडिदिन्थे । त्यसपछि उनले फिल्म हेर्दथे वा सुत्थे । तर यति गर्दा पनि उनको तलब बढिरह्यो र जागिरमा बढुवा पनि भैरह्यो।

कोडको सहायताले उनले धेरै काम निकै सजिलोसँग गरे । कुनै सहकर्मीले आफूले जत्तिकै काम गरेको थाहा पाएमा उनले कोडमा परिवर्तन गरी कामलाई अझै गति दिन्थे । पाँच वर्ष सुतेरै जागिर खाएका ती व्यक्तिले आफ्नो परिचय भने खुलाएका छैनन् । उनी कुन देश र कम्पनीमा कार्यरत व्यक्ति हुन् भन्ने प्रष्ट छैन । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *