दैलेखमा १ सय ३८ प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन
मातृभूमी संवाददाता । १४ पौष दैलेख
शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले वुधवार प्रावि तहका १३ हजार ९३ पदमा विज्ञापन खुलाएको हो । जस अन्तरगत कर्णाली प्रदेशका लागी ८ सय ३२ पदमा विज्ञापन खुलाएको छ । कर्णाली प्रदेशको सवैभन्दा कम रुकुम पश्चिममा १५ र सवैभन्दा वढि सुर्खेतमा १ सय ६९ पदमा विज्ञापन खुलाईएको हो । यसैगरी दैलेखमा १ सय ३८ पदका लागी विज्ञापन खुलाईएको छ ।
आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइन मार्फत् बुझाउन सकिने छ । यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।