खाेलामा करेन्ट लगाएर माछा मार्ने ३ जना पक्राउ

मातृभूमी संवाददाता । १४ पौष दैलेख
दैलेखमा खोलामा करेन्ट लगाएर माछा मार्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न खोला तथा नदिहरुमा करेन्ट लगाई, बिष्फोटक पदार्थ प्रयोग गरी तथा बिषालु पदार्थको प्रयोग गरी माछा मार्ने ३ तिन जनालाई दैलेख प्रहरीले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय दैलेखमा पेश गरिएको छ ।
खोलामा करेन्ट लगाएर, बिष्फोटक पदार्थ प्रयोग गरेर र बिषालु पदार्थको प्रयोग गरेर माछा मार्ने गरेको भनेर स्थानिय ब्यक्तिहरुको जनगुनासो आएपछि अनुगमनका क्रममा गुराँस गाँउपालिकाका ३ जनालाई प्रहरी नियन्त्रणमा लिई जिल्ला प्रशासनमा वुझाएको हो ।
जलचर संरक्षण ऐन, २०१७ को दफा ८ को उपदफा १ नियम उल्लघंन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशले कसूरको मात्रा हेरी हानी नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *