दैलेखमा करेन्ट लगाएर माछा मार्ने ३ जनालाई कारवाही

मातृभूमी संवाददाता । १४ पौष दैलेख
दैलेखमा खोलामा करेन्ट लगाएर माछा मार्ने गुराँस गाउँपालिकाका ३ जनालाई जिल्ला प्रशासन कार्यालय दैलेखले कारवाही गरेको छ । जिल्लाका विभिन्न खोला तथा नदिहरुमा करेन्ट लगाई, बिष्फोटक पदार्थ प्रयोग गरी तथा बिषालु पदार्थको प्रयोग गरी माछा मार्ने गरेको जनगुनासो आएपछि मंगलवार प्रहरीले उनीहरुलाई पक्राउ गरी प्रशासनलाई वुझाएको थियो ।
जलचर संरक्षण ऐन, २०१७ को दफा ८ को उपदफा १ वमोजिम तिनै जनालाई जनही पाँच हजारका दरले जरिवाना गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । जलचर संरक्षण ऐन, २०१७ को दफा ८ को उपदफा १ मा नियम उल्लघंन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशले कसूरको मात्रा हेरी हानी नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने भएकाले उनीहरुलाई नियमानुसार जरीवाना गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *