सदरमुकाममा एकतर्फी सवारी संचालन फितलो, ट्राफिक चेकजाँचमा कडाई

मातृभूमी संवाददाता । २१ पौष दैलेख
दैलेख सदरमुकाममा लागु गरिएको एकतर्फी सवारी संचालन (वान वे) फितलो हुँदै गएको छ । ठुला यातायतका साधनलाई एकतर्फी संचालन (वान वे) कार्यान्वयन गर्ने निणर्य गरेको महिना दिन नपुग्दै फितलो हुँदै गएको हो । साँघुरो बजारमा दोहोरो गाडी संचालन हुँदा लामो जाम हुने र पैदल यात्रुलाई समेत मुस्किल हुन थालेपछि एकतर्फी सवारी साधान संचालन (वान वे)मा कडाई गरिएको थियो । तर स्थानीय प्रशासन मौन हुँदा एकतर्फी सवारी साधान संचालन (वान वे)को निणर्य कार्यान्वयन गरेको महिना दिन नपुग्दै फितलो हुँदै गएको हो ।
स्थानीय प्रशासनले एकतर्फी सवारी साधान संचालन (वान वे)को निणर्य गरेको हप्ता दिनमै तिन पांग्रे सवारी साधन र स्कुल वसलाई वजार क्षेत्रमा प्रवेश गर्न दिईएको थियो । त्यसको केहि दिनमै दिउँसोको समयमा अन्य ठुला यातायतका साधन समेत वजारमा प्रवेश गराईएको थियो । अहिले विहान ९ वजेदेखी १० वजेसम्म र दिउँसो ३ वजेदेखी ४ वजेसम्म मात्र एकतर्फी सवारी साधान संचालन (वान वे) कार्यान्वयन गरिएको छ । एकतर्फी सवारी साधान संचालन (वान वे) कार्यान्वयन फितलो हुँदै गएपछि सदरमुकामको वजारमा क्षेत्रमा फेरी पुरानै समस्य दोहोरीन थालेको छ ।
एकतर्फी सवारी साधान संचालन (वान वे) कार्यान्वयन गर्दा वजार क्षेत्रमा आवत-जावत गर्न सहज भएको नारायण नगरपालिका वडा नं. २ का स्थानीय टोपेन्द्र कुमार थापाले वताए । उनले भने, ‘वान वे कार्यान्वयनमा केहि दिन निकै कडाई गरियो । तर अहिले पुरानै समस्या दोहोरिन थालेको छ । वान वे कार्यान्वयन फितलो हुँदै गएको छ ।’ एकतर्फी सवारी साधान संचालन (वान वे) फितलो हुँदा पैदल यात्रीलाई समेत मुस्किल हुन थालेको स्थानीयको भनाई छ ।
एकतर्फी सवारी साधान संचालन (वान वे) फितलो हुँदा बजारमा सवारी साधन अव्यवस्थीत पार्किङ्ग हुन थालेको छ । एकतर्फी सवारी साधान संचालन (वान वे) गर्ने निणर्य गरेको केहि दिनसम्म प्रहरीले निकै सक्रियता देखाएको थियो । एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘अहिले वान वे कार्यान्वयन विस्तारै फितलो हुँदै गएको छ । स्थानीय सरोकारवाला निकाय मौन छन् ।’ सवारी साधन एकतर्फी र चढाउने, ओराल्ने स्थान निश्चित गरिएपनि विस्तारै फितलो हुँदै गएको स्थानीयवासी वताउँछन् ।
एकातिर वजार क्षेत्रको सडक साँघुरो त छँदै छ अर्कोतिर निर्माण सामाग्रीहरु सडक छेउछाउमा राख्नाले झन् समस्या हुने गरेको छ । सदरमुकाममा निर्माण हुँदै गरेका घरका मालिकहरुले सडकमै निर्माण सामाग्री राख्दा यातायातका साधन संचालन भएको वेला निकै समस्य हुने गरेको पैदल यात्रुको गुनासो छ ।

ट्राफिक चेकजाँचमा कडाई

दैलेख सदरमुकाममा ट्राफिक चेकजाँचमा कडाई गरिएको छ । सदरमुकाममा संचालन हुने तिन पांग्रे सवारीले मनपरी भाडा लिन थालेपछि सदरमुकामका विभिन्न स्थानमा भाडादर देखिने गरि सूचना पार्टी राखिएको छ । यसैगरी सदरमुकामका विभिन्न ठाउँमा साँझको समयमा मापसे चेकजाँचमा समेत कडाई गरिएको छ ।
सवारी साधनहरु सदरमुकाम भित्रिने नाकाहरुमा समेत ट्राफिक चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरुवाट सदरमुकाम भित्रिने सवारी साधनले सिट क्षमता भन्दा वढि यात्रु राख्ने सवारीलाई कारवाही गर्ने गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सदरमुकामका विभिन्न ठाउँमा तिन पांग्रे सवारी साधन अटोको भाडादर तोकिएका होर्डिङ वोर्डहरु राखिएको र तोकिएभन्दा वढि भाडा लिएको पाईएमा कारवाही गरीने दैलेख प्रहरीले जनाएको छ । यदि कोहि कसैले तोकिएको भन्दा वढि भाडा लिएको पाईएमा प्रहरीलाई खवर गर्न सकिने प्रहरीले यसअघि नै जनाई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *