व्यवस्था वदल्न जनमत संग्रहमा जानुपर्ने पार्टीको मुख्य एजेण्डा : प्रकाण्ड
मातृभूमी राजनितिक व्युरो । २२ पौष दैलेख
नेपाल कम्यूष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले अहिले चल्दै आएको राज्य व्यवस्था बदल्न जनमत संग्रह गर्नुपर्ने बताएका छन् । विहिवार दैलेख सदरमुकाममा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता प्रकाण्डले अहिलेको राज्य सत्ता सञ्चालनको व्यवस्थाले सिहंदरवारदेखी गाउँसम्म दलाल नै दलालको झुण्ड भएकाले भ्रष्टाचार झन्-झन् मौलाएको भन्दै व्यवस्था बदल्नका लागी जनमत संग्रहमा जानुपर्ने आफ्नो पार्टीको मुख्य एजेण्डा भएकोले सरकारले गर्ने चुनावको विरोध गर्ने बताएका छन् ।
पार्टीको सचिवालय सदस्य समेत रहेका प्रवक्ता प्रकाण्डले भने, ‘सरकारले गर्ने स्थानीयदेखी संसदीय चुनावको विपक्षमा भएकाले यसको डटेर सामाना गर्छौं ।’ देशको स्वाधिनता अप्ठयारोमा परेको भन्दै प्रवक्ता प्रकाण्डले एमसिसि कुनै पनि हालतमा नेपालमा लागु नहुने जिकिर गरे । लागु भए, त्यसको जुनसुकै मुल्य चुकाएर भएपनि सामाना गर्ने उद्घोष समेत गरे । कार्यकर्ता प्रशिक्षणको शिलसिलामा दैलेख आई पुगेका उनले देशमा अहिले भएको ब्यवस्था बदल्न जनमत संग्रहको विकल्प नभएको दावी गरे ।
आफुहरुले सरकारसँग गरेको ३ बुँदें सहमति कार्यान्वयन नभएको भन्दै ओली र देउवा सरकारले शान्ति भाँड्न खोजेको आरोप समेत लगाए । अहिले देशका विभिन्न कारागारमा १ सय १५ भन्दा बढी आफ्ना कार्यकतालाई विभिन्न आरोप लगाएर मुद्दा चलाएको र सहमति कार्यान्वय नगरेर सरकारले देशको स्थिति जटिलतातर्फ लैजान खोजेको बताए । सहमती कार्यान्वयन नभएर देश जटिल मोडमा गए त्यसको जिम्मेवार सरकार हुने प्रवक्ता प्रकाण्डको भनाई थियो ।