‘स्थनीय सरकारले वजार अनुगमनमा जोड दिनुपर्ने’
मातृभूमी संवाददाता । २२ पौष दैलेख
उपभोक्ताले म्याद गुज्रेका अखाद्यय वस्तु तथा चर्को मुल्य तिरेर दैनिक उपभोग्य सामाग्री उपभोग गर्न वाध्य भएको बेला एक कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले वजार अनुगमनमा जोड दिनुपर्ने वताएका छन् । वजार अनुगमन नहुँदा उपभोक्ताहरु दिनहुँ ठगिने भएकाले स्थानीय सरकारले वजार अनुगमनलाई निरन्तरता दिन आवश्यक रहेको कार्यक्रमका सहभागिहरुको जोड थियो ।
जिल्लाका कुनैपनि स्थानीय तहले वजार अनुगमनामा चासो नदिएको विहीवार दैलेख सदरमुकाममा भएको लैंगिक हिंसा अपराध तथा लागु औषध नियन्त्रण र उपभोक्ता संरक्षण सम्बन्धि कार्यक्रमका सहभागीहरुले गुनासो गरे । जिल्ला प्रशासनको मात्र भर नपरी स्थानीय सरकारले कार्यविधी वनाएर वजार अनुगमनमा ध्यान दिनुपर्ने सहभागीहरुले सुझाव दिए । स्थानीय तहका जनप्रतिनिधीका आफन्त कारवाहीमा पर्ने तथा आगामी चुनावमा भोट घट्न सक्ने भन्दै अनुगमन नगरेको कार्यक्रमका सहभागीले आरोप लगाए ।
कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समिति दैलेखका संयोजक गणेश प्रसाद कोइरालाले सवै स्थानीय तहले वजार अनुगमनलाई प्रभावकारी वनाई नागरिकको खाद्य अधिकारको संरक्षण गर्न आवश्य रहेको वताए ।
लैंगिक हिंसा अपराध तथा लागु औषध नियन्त्रण र उपभोक्ता संरक्षण सम्बन्धि कार्यक्रममा अधिवक्ता छवि सुवेदीले लैंगिक हिंसा अन्त्य गर्न नागरिकको सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको धारणा राखे ।