कविता : साथिहरु
भुपेन्द्र शाही, नौमुले गाउँपालिका दैलेख
कोहि वरफझै जमेर गए
कोहि हिमालझै अग्लेर गए
कोहि हिँऊझै पग्लेर गए
एउटै कुवाको पानी
वाफ वनेर उडेझै
कोहि हुस्सु वनेर उडिरहे
कोहि कुहिरो वनेर रुमल्लिरहे
कोहि असिना वनेर वर्सिए
कोहि झरि वनेर झरिरहे
पानी त एउटै हो
तर रुप फरक वनि दियो
ठूलो ज्वालामुखि र भूकम्प पछि
जमिन तल माथि परेझै
कोहि हिमालझै अग्लिए
कोहि थुम्को वनिरहे
कोहि गहिराईमै रहि रहे
कोहि चट्टानझै अडिए
कोहि वरफझै पग्लिरहे
अचेल
रातदिन सगै वस्ने साथिहरु
कोहि हाई नभन्दै वाई भन्छन
मेसेन्जरमा
कोहि हात हल्लाउदा
मौन वस्छन
उनिहरु व्यस्त छन
यन्त्रवत छन
सम्वन्धहरु कोहि हिउँझै चिसिएर गए
वचनहरु कोहि वाफझै उडेर गए
द्रव्यका अगाडि भावनाहरु गौण भए