वेथिति श्रृंखला-३७ : जागिर नगरपालिकाको, काम पार्टीको
मातृभूमी संवाददाता । २४ पौष दैलेख
दैलखको नारायण नगरपालिकामा कार्यरत कर्मचारी पार्टीको जिल्ला अधिवेशनमा सहभागी भएको पाईएको छ । नगरपालिकामा कार्यरत कर्मचारीले कार्यालयमा हाजिर गरेर पार्टीको जिल्ला अधिवेशनमा सहभागी भएको पाईएको हो ।
दैलेख सदरमुकाममा शुक्रवार (२३ पौष) देखी शुरु भएको नेकपा एमालेको साताैं जिल्ला अधिवेशनमा नगरपालिकामा कार्यरत कर्मचारीले हाजिर गरेर पार्टीको कार्यक्रममा सहभागी भएका हुन् । नारायण नगरपालिकाको लघुउद्यम सहजकर्ता पदमा कार्यरत लिलाराम ताम्राकार लगाएतका कर्मचारीले प्रतिनिधीको परिचय पत्र र सुर्य चिन्ह अंकित टोपी लगाई कार्यक्रममा सहभागी भएको सेल्फि खिचेका छन् । यसअघि मंसिरमा सम्पन्न नेपाली कांग्रेस दैलेखको अधिवेशनमा समेत नारायण नगरपालिका दैलेखका कर्मचारीहरु स्वंयम उपस्थित भई उम्मेदवारका लागी भोट माग्दै हिडेका थिए ।
यस बिषयमा नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्लले लघुउद्यम सहजकर्ता ताम्राकार लगाएतका कर्मचारीले कार्यलयको हाजिरी पुस्तिकामा हाजिर गरेको तर कार्यालयको नियमित कामकाजमा नरहेको वताए । प्रमुख प्रशासकीय अधिकृत मल्लले भने, ‘उहाँहरु पार्टीको अधिबेशनमा गएको कुरा जानकारीमा आएको छ । यस विषयमा विस्तृतरुपमा वुझेर कारबाही प्रक्रिया अगाडी बढाउँछौँ ।’
नारायण नगरपालिकाका कर्मचारीहरु विगतका दिनहरुमा समेत कार्यालयमा हाजिर गरी कसैलाई जानकारी नदिई भागेर पार्टीको काममा वढि सक्रिय हुने गरेको नाम नछाप्ने शर्तमा नगरपालिकाका कर्मचारीले जानकारी दिए । कार्यालयको भन्दा पार्टीको काममा वढि सक्रिय हुने कर्मचारीलाई आवश्यक छानविन गरी कारवाहीको दायरामा ल्याउनु पर्ने उनले वताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कर्मचारीहरुले कार्यालयमा हाजिर गरी पार्टीका काममा गएको भन्ने गुनासो नआएको वताए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘कर्मचारी र शिक्षकहरु नै पार्टीका कार्यक्रममा सक्रिय नहुन अदालतले नै भनिसकेको र पार्टीका कार्यक्रममा सरिक हुन नपाउने आचारसंहिता जारी भएकाले आचारसंहिता विपरित कार्य गरेको प्रशासनमा लिखित तथा मौखिक जानकारी आएमा कारवाहीको दायरामा ल्याउँछौँ ।’
यी त केहि प्रतिनिधी घटना मात्र हुन् । जिल्लामा हुने विभिन्न पार्टीका अधिवेशनमा शिक्षक र निजामति कर्मचारीलाई सवैभन्दा वढि राजनिति लाग्ने गरेको स्थानीयको भनाई छ । सरकारी कार्यालयमा कार्यरत निजामति कर्मचारी र सरकारी विद्यालयका शिक्षकहरुलाई सवैभन्दा वढि राजनिति लाग्ने गरेको स्थानीय वताउँछन् । जिल्लामा कार्यरत शिक्षक र निजामति कर्मचारीहरु पार्टीका अधिवेशनमा प्रतिनिधी आउने र राजनितिक आडमा कार्यालयको र विद्यालयको नियमित कामकाजमा आलटाल गर्ने गरेको स्थानीय वुद्धिजीवीहरुको भनाई छ ।
पार्टीको कार्यक्रममा सरकारी सवारीको दुरुपयोग
जिल्लामा हुने विभिन्न पार्टीका कार्यक्रममा सरकारी सवारी साधनको दुरुपयोग गर्ने गरेको पाईएको छ । पार्टीका कार्यक्रममा अधिकांस सरकारी मोटरसाईकलको दुरुपयोग हुने गरेको छ । यसअघि नेपाली कांग्रेस दैलेखको जिल्ला अधिवेशनमा समेत सरकारी सवारीको दुरुपयोग गरेको पाईएपछि पत्रकारहरुले खवरदारी गर्दा ति सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शुक्रवार (२३ पौष) देखी जिल्लामा शुरु भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशनमा पनि सरकारी सवारीको दुरुपयोग भएको छ । शनिवार (२४ पौष) पनि जिल्ला सदरमुकाममा सरकारी नम्वर प्लेटका मोटरसाईकलहरुको दुरुपयोग गरिएको छ ।
नियमानुशार शनिवारको दिनमा सरकारी सवारी साधन गुडाउन पाईदैन । यदि गुडाउनै परेमा जिल्ला प्रशासन कार्यालय दैलेखको पास अनिवार्य लिनुपछ । तर दैलेख सदरमुकाममा नियम विपरित सरकारी नम्वर प्लेट राखेर मोटरसाईकल गुडाई रहेको दैलेख उद्योग वाणिज्य संघ दैलेखका महासचिव राजेश हमालले वताए । महासचिव हमालले भने, ‘कर्मचारीले सरकारी सवारीको निकै दुरुपयोग गरिरहेका छन् । जनताले तिरेको करवाट किनियका सवारीको चरम दुरुपयोग गर्ने कर्मचारीलाई स्थानीय प्रशासनले कारवाहीको दायरामा ल्याउनुपर्छ ।’