एमाले दैलेखको अध्यक्षका लागी शर्मा र शाहीबीच भिडन्त हुने

मातृभूमी राजनितिक व्युरो । २६ पौष दैलेख
नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा र सुर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । जारी सातौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा शर्मा र शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । शर्मा एमाले दैलेखको वर्तमान पार्टी अध्यक्ष एवं प्रतिनीधिसभा सदस्य समेत हुन् । जिल्ला विकास समितिका पूर्व उपसभापति समेत रहेका शाही केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा गठित भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति दैलेखका अध्यक्ष थिए ।
अध्यक्ष पदका लागि सुरुमा ६ जनाको उम्मेदवारी परेको थियो । चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर शाही, ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, कणर्ाली प्रदेश सभा सदस्य शुसिल थापा र एमाले नेता कणर्बहादुर खड्काले समेत एमाले दैलेखको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । उनीहरु चारै जनाले उम्मेदवारी फिर्ता लिएपछि शाही र शर्माबीच मात्रै चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
एमाले दैलेखको उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका आठबीस नगरपालिकका मेयर खड्गराज उपाध्यायले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले जानकारी दिए । बस्नेत औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष समेत हुन् ।
यस्तै एमाले दैलेखको सचिवमा रुद्रबहादुर शाही र तिलक प्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच चुनावी प्रतिस्पर्धा हुने जनाईएको छ । उपसचिव महिला तर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शाहले जानकारी दिए । न्यौपाने र कार्कीबीच उपसचिव महिलाका लागि चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागि मंगलवार बिहान ८ बजेबाट मतदान हुने प्रमुख निर्वाचन अधिकृत शाहले बताए । उनका अनुसार नयाँ नेतृत्व चयनका लागि जिल्ला सदरमुकामस्थित कबर्ड हलमा विहान ८ वजेदेखी मतदान शुरु हुनेछ । शुक्रवारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो । अधिवेशन उद्घाटनसँगै सर्वसम्मत नेतृत्व चयनका लागि भएका प्रयास असफल भएका छन् ।
को-को भए निर्विरोध निर्वाचित
नेकपा एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष सहित जिल्ला कमिटि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमाले दैलेखको उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कमिटिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार भूगोल तर्फ जिल्ला कमिटि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
गुराँस गाउँपालिकावाट लिला बिसी र शिवा खड्का (महिला), दलसिंह बुढा, कुलबिर विक, बलराम खत्री (अन्य सदस्य), डुङ्गेश्वर गाउँपालिकावाट पवित्रा न्यौपाने, विष्णुदेवी जैसी (महिला), राजु केसी, रुद्रबहादुर विष्ट र सुन्दरकुमार केसी (अन्य सदस्य) निर्विरोध भएका छन् ।
यसैगरी भगवतीमाई गाउँपालिकावाट खगिसरा बुढा, चन्द्रा रेग्मी (महिला), शान्तिप्रसाद शर्मा, खड्गबहादुर शाही र शैलेन्द्रबहादुर थापा (अन्य सदस्य), नौमूले गाउँपालिकावाट गिता चन्द, मनकुमारी सिंह थापा (महिला), यामप्रसाद शर्मा, नामाखर शर्मा र सन्तबहादुर चन्द (अन्य सदस्य) निर्विरोध भएको निर्वाचन कमिटिले जनाएको छ ।
यस्तै महाबु गाउँपालिकावाट दुर्गाकुमारी सिंह र भुवनसरा बडुवाल (महिला), आठबीस नगरपालिकावाट कल्पना थापा र राधीका शाही (महिला) र दुल्लु नगरपालिकावाट रेनुका भट्टराई र निर्मला रिमाल पोखरेल (महिला) सदस्यमा निर्विरोध भएका छन् ।
यता दलित तर्फ प्रत्येक पालिकाबाट एक जना जिल्ला कमिटि सदस्यमा पनि निर्विरोध भएको जनाईएको छ । जसअन्तरगत ठाटीकाँध गाउँपालिकावाट पदमबहादुर विक, डुङ्गेश्वर गाउँपालिकावाट सुरेन्द्रबहादुर कामी, आठबीस नगरपालिकावाट पर्वसिंह विश्वकर्मा, महाबु गाउँपालिकावाट धनबहादुर सुनार, भैरबी गाउँपालिकावाट कविराम सुनार, भगवतीमाई गाउँपालिकावाट डम्बर तिरुवा, नारायण नगरपालिकावाट लोकबहादुर नेपाली, नौमूले गाउँपालिकावाट प्रेम बिक र गुराँस गाउँपालिकावाट कणर्बहादुर विक तथा चामुण्डाविन्द्रासैनी नगरपालिकावाट तिलक रोकाय (सार्की) निर्विरोध भएको निर्वाचन अधिकृत शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *