खाद्य अधिकार सम्वन्धी अभिमुखिकरण सम्पन्न

मातृभूमी संवाददाता । २६ पौष दैलेख
खाद्य अधिकार अवधारणा तथा कानुनी प्रावधान सम्वन्धी अभिमुखिकरण कार्यक्रम दैलेखमा सम्पन्न भएको छ । फियान नेपालको आयोजना तथा स्थानीय खाद्य अधिकार संजालको सहकार्यमा खाद्य अधिकार अवधारणा तथा कानुनी प्रावधान सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
सोमवार सदरमुकाममा भएको अभिमुखीकरण कार्यक्रममा दैलेखको नमुना वस्ती र नारायण नगरपालिका ४ भिरमौराका सिंचाई कुलो प्रभावित लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । फियान नेपालले विगत १३ वर्षदेखी खाद्य अधिकार हनन् भएका क्षेत्रमा काम गर्नुका साथै स्थानीय तथा संघिय सरकारमा निति नियम सम्वन्धी सरोकारवालाहरुसँग हातेमालो गर्दै आएको छ ।
फियान नेपालले दैलेखका नमुना वादी वस्तीको खाद्य अधिकार सुनिश्चित गर्नका लागी सहजीकरण गर्दै आएको फियान नेपालका कणर्ाली प्रदेश संयोजक प्रकाश नेगिले जानकारी दिए । संयोजक नेगिका अनुसार फियान नेपालले नारायण नगरपालिका ४ भिरमौरामा सिंचाई कुलो प्रभावित खाद्य अधिकार समुह र पहिरो प्रभावित खाद्य अधिकार समुह गठन गरि उनीहरुको खाद्य अधिकार सवलीकरण तथा कानुनी प्रावधान सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम गर्दै आईरहेको छ ।
नारायण नगरपालिका ४ भिरमौरामा पहिरोले सिंचाई कुलो वगाएको थियो । कुलो वगाएपछि त्यहाका नागरिक सिंचाईवाट वन्चित भएको जनाईएको छ । पहिरोले कुलो वगाएपछि भिरमौराका २५ घरधुरीको ७० रोपनी जग्गा सिंचाईवाट वन्चित भएको स्थानीयले वताएका छन् । सोमवार सदरमुकाममा भएको अभिमुखिकरण कार्यक्रममा पहिरोले गर्दा त्यस क्षेत्रका ७ धरधुरीको उवजाउ जमिन वगरमा परिणत भएको र स्थानीय सरकारले कुनैपनि सहयोग नगरेको स्थानीयले दुखेसो पोखे । आफ्नो अधिकार सुनिश्चि गर्नका लागी फियान नेपालको सहयोगमा आफुहरु संगठित भएको स्थानीयले वताएका छन् ।
नेपालको संविधान धारा ३६ मा खाद्य अधिकारको हक हुने छ भनिएता पनि जिल्लामा खाद्य अधिकारबाट थुप्रै नागरिक प्रभावित भएका छन् । संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३० मा स्वच्छ वातावरणको हक, धारा ३६ खाद्य सम्वन्धी हक, ३७ आवासको हक उल्लेख, रोजगारीको हक उल्लेख भएपनि समुदायले खाद्य सम्वन्धी हक र आवासको हक नपाएका कारण अधिकार प्राप्तीका लागि नागरिकहरु संगठित हुन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *