दैलेखमा फेरी देखिन थाल्यो कोरोना संक्रमण
मातृभूमी संवाददाता । २६ पौष दैलेख
नेपालमा कोरोना संक्रमितण तिव्ररुपमा बढ्न थालेसँगै दैलेखमा पनि फेरि कोरोना संक्रमण देखिन थालेको छ । लामो समय कोरोना संक्रमणको दर शुन्यमा रहेको दैलेखमा सोमवार २ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार भारतबाट फर्किएका दैलेखका ४ जनालाई नेपालगञ्जमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको खबर आएको उनले बताए । फेरी कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालयले सचेत रहन आग्रह गरेको छ ।
विश्वका विभिन्न देशमा अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि उच्च सर्तकता अपनाउन साथै यस भेरियन्टले संक्रमणको सुनामी नै ल्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डव्लु.एच.ओ.)ले चेतावनी दिएको छ ।