विदेशी शक्तिको नाङ्गो हस्तक्षेप रोक्नुपर्छ : महामन्त्री शाही
मातृभूमी राजनितिक व्युरो । २८ पौष दैलेख
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्ती शाहीले आफ्नो पार्टीले राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय उत्सबका रुपमा मनाउन सरकारसँग माग गरेको भएपनि सरकारको कमजोर मानसिकताका राष्ट्रिय उत्सबका रुपमा मनाउन नपाएकोमा घोर भत्र्सना गरेकी छन् । मंगलवार दैलेख सदरमुकाममा पार्टीले आयोजना गरेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा वोल्दै महामन्त्री शाहीले यो देशमा बिदेसी शक्तिले गरेको नाङ्गो हस्तछेपलाई रोक्नका लागि सम्पुणर् नेपाली जनता र यो देशका राजनितिक दलले सोच्नुपर्ने बेला भएको वताईन् ।
महामन्त्री शाहीले सनातन हिन्दु धर्म रहेको देशमा राती जनता सुतिरहेको बेला धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर नेपाली जनतालाई धोका दिएको धारणा राखिन् । उनले नेपाल विश्वमा सबैभन्दा भ्रष्टाचार हुने देश भनेर चिनिने भएकाले दलका केही भ्रष्ट नेतालाई जनतासामु खुइल्याउनका लागि सम्पुणर् नेपाली एकजुट हुनुपर्ने वताईन् ।
महामन्त्री शाहीले भनिन्, ‘गणतन्त्र घोषणा गर्दै गर्दा यो देशका नेताले जनतासामु गरेका प्रतिबद्धता अहिले बिर्सेर भ्रष्टाचारमा लिप्त भएका छन् । एकातिर धर्म अफिम हो भन्दै हिड्ने अर्कोतिर त्यही धर्मका नाममा मठ मन्दिर निर्माणका नाममा भ्रष्टाचार भैरहेको छ । सार्बजनिक पदमा रहेका ब्यतिहरुको सम्पती छानबिन हुनुपर्ने र सुरुवात म बाट नै सुरुवात गर्नुहोस् । यो समाज बिकृती तर्फ अघि बढिरहेको छ । हाम्रा संस्कार संस्कृतिलाई अफिम भन्दै गलत भ्रम फैलाइएको छ । जातीय छुवाछूत अन्त्य गर्न सबैले हातोमालो गर्दै अभियानका रुपमै अघि बढाउन जरुरी छ ।’
यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कणर्ाली प्रदेश कमिटि उपाध्यक्ष सुरतजङ शाही अहिले जसले सत्ता चलाइरहेका छन् उनीहरुबाट राष्ट्रियता खतरामा परेको वताए । उपाध्यक्ष शाहीले देशमा अधर्मको प्रचार भैरहेको र हिन्दु धर्म सकटमा परेको भन्दै देशको अस्तित्व खतरामा रहेको जिकिर गरे ।
उपाध्यक्ष शाहीले भने जेरुसेलमा जन्मेका जिसस क्राइस्ट जन्मेको दिनलाई क्रिसमस भनेर सार्बजनिक बिदा दिने तर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनमा बिदा नदिनुमा घम्भिर षड्यन्त्र भएको आरोप समेत लगाए । उपाध्यक्ष शाहीले देशलाई सिक्किमिकरण हुन नदिनका लागि राष्ट्रबादी जनता जागरुक हुनुपर्ने बेला आएको वताए ।
पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुले देशका ठेकेदारहरुले हिन्दु धर्मप्रति धावा वोलेको धारणा राखेका थिए ।