एमाले दैलेखको निर्वाचनमा ३१ मतपत्र वढि भेटिएपछि विवाद, मत गणना स्थगित

मातृभूमी राजनितिक व्युराे । २८ पौष दैलेख
नेकपा एमाले दैलेखको निर्वाचनमा ३१ मत बढी भेटिएपछि विवाद हुँदा मत गणना रोकिएको छ । मंगलवार भएको मतदानपछि मतपेटिकामा खसेको मतभन्दा ३१ मतपत्र वढि भेटिएपछि विवाद हुँदा मत गणना रोकिएको हो ।
मंगलवार भएको मतदानका क्रममा जम्मा ७ सय १८ मत खसेको थियो । तर मत पेटिका खोल्दा ७ सय ४८ मत भेटिएपछि मतगणना रोकिएको नेकपा एमाले दैलेखले जनाएको छ । कुल खसेको मतभन्दा ३१ मत वढि भेटिएपछि निर्वाचन र अध्यक्ष मण्डलको कार्य क्षमता तथा नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ । अब केन्द्रीय निर्वाचन आयोगको छानबिन पछि मात्र थप प्रक्रिया अघि बढाउने एमाले दैलेखले जानकारी दिएको छ ।
मत पेटिकामा कुल खसेको भन्दा ३१ मत वढि भेटिएको विषयमा अहिलेसम्म केहि खुल्न सकेको छैन । हाल मत गणनाको काम स्थगन गरि छानबिनको माग अघि सारिएको एमाले पोलिट्व्यूरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *