एमाले दैलेखका निर्विरोध निर्वाचित उपाध्यक्ष बस्नेत विरुद्ध उजुरी

मातृभूमी राजनितिक व्युरो । २९ पौष दैलेख
नेकपा एमाले दैलेखको सातौं अधिवेशनबाट निर्विरोध निर्वाचित भएका उपाध्यक्ष नन्दकिशोर बस्नेत विरुद्ध कणर्ाली प्रदेश इन्चार्ज यामलाल कंडेल सहितका नेताहरुमा उजुरी परेको छ । निर्विरोध निर्वाचित उपाध्यक्ष बस्नेत विरुद्ध निर्वाचन आयोगको कार्यालयमा पुस २६ गते उपाध्यक्ष बन्न लायक नभएको भन्दै उजुरी परेको हो । उक्त उजुरीको एक कपि पार्टी प्रदेश इन्चार्ज कंडेल सामू पनि परेको छ ।
वस्नेत एक कार्यकाल जिल्ला कमिटि दैलेखको सल्लाहकार सदस्य मात्रै भएको बताउँदै उजुरीमा पार्टीको विधि विपरित उनलाई उपाध्यक्षमा निर्वाचित गरिएको भन्दै उनको पद खारेज गरिदिन माग गरिएको हो । नारायण नगरपालिका वडा नं. १ का प्रतिनिधि हरिबहादुर थापाले गरेको उजुरीमा भनिएको छ, ‘नेकपा एमालेको सातौं जिल्ला अधिवेशनको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका नन्दकिशोर बस्नेत ‘एनके’ को पदाधिकारी हुन पार्टीले तोकेको मापदण्ड नपुगेको हुँदा उक्त उम्मेदवारी विरुद्ध छानविन गरि खारेज गरिदिनु हुन अनुरोध छ ।’
नवनिर्वाचित उपाध्यक्ष विरुद्ध उजुरी परेपछि के गर्ने भन्ने बारेमा पार्टीले कुनै निणर्य लिन सकेको छैन । नेकपा एमालेको सातौं अधिवेशन पुस २३ गते दैलेखमा उद्घाटन भएको थियो । बस्नेतको पदमा आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले समेत मनोनयन दर्ता गराएका थिए ।
नेकपा एमालेले जिल्ला अधिवेशनवाट निर्वाचित हुने जिल्ला कमिटि पदाधिकारी सम्वन्धी मापदण्ड सम्वन्धमा पुस १३ गते संगठन विभाग प्रमुख खगराज अधिकारीको हस्ताक्षरमा जारी गरिएको सर्कुलरमा जिल्ला पदाधिकारी बन्नका लागि कम्तिमा दुई कार्यकाल जिल्ला कमिटिको सदस्य बन्नु पर्ने प्रावधान उल्लेख गरिएको छ । उक्त सर्कुलरको पहिलो बुँदामा भनिएको छ, ‘पदाधिकारी हुनका लागि दुइ कार्यकाल जिल्ला कमिटिमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनु पर्नेछ ।’
तर पार्टी केन्द्रले जारी गरेको सर्कुलर विपरित अध्यक्ष मण्डलले मनोमानी उपाध्यक्षमा वस्नेतलाई नियुक्त गरिएको आरोप लागेको छ । ‘अध्यक्ष मण्डलको मनोमानीका कारण उहाँलाई पार्टीको विधिविधान विपरित निर्विरोध उपाध्यक्ष बनाइएको हो ।’ उनले भने, ‘यो नियुक्ती खारेज हुनुपर्छ । अन्यथा हामीले पनि विभिन्न पदमा दाबी गर्न पाउनुपर्छ ।’
कसैका लागि पदाधिकारीमा आउन विभिन्न चरण पार गर्नुपर्ने तर कोही अतिथि बनेर आएको खण्डमा तत्काल उपाध्यक्ष जस्तो पदमा आसन गराईहाल्नु पर्ने द्धैध चरित्र देखा पर्नु गम्भीर रहेको एमालेका एक जिल्ला कमिटि पदाधिकारीका आकांक्षीले बताए ।

अध्यक्ष मण्डलमाथि गम्भीर आरोप

‘खासमा भुगोलमा काम गरेको, पार्टीका लागि योगदान दिएको र जनताका लागि काम गर्न सक्ने व्यक्तिलाई पदाधिकारीमा ल्याउनु पथ्र्यो ।’ उनले गुनासो गरे, ‘अध्यक्ष मण्डलकै लापरवाहीका कारण ३१ मत फर्जी हुन पुगेका छन् भने मनोमानी भएकै कारण दैलेख एमालेको देशव्यापी रुपमा वेईज्जती भएको छ ।’
ति सदस्यले आर्थिक चलखेल भएका कारण मात्रै सो नियुक्ति भएको हुन सक्ने बताए । ‘उपाध्याय भुगोलमा खटेका व्यक्ति हुन । उनलाई जर्वजस्ती उम्मेदवार बन्नबाट रोक्ने काम अध्यक्ष मण्डलमा भएको हो ।’ दैलेखको देवकोटा चोकमा भेटिएका एक पूर्व जिल्ला कमिटिका सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर उनलाई पन्छाएर दैलेखमा दुई चार वर्ष अगाडी मात्रै आएका व्यक्तिलाई किन र कुन आधारमा उपाध्यक्ष बनाईयो यो रहस्यको विषय छ ।’
नेकपा एमाले दैलेखको अध्यक्ष मण्डलको अध्यक्षमा लक्ष्मी पोखरेल छन् । यस्तै सदस्यहरुमा राजबहादुर बुढा, विष्णु रिजाल, सुर्यकुमारी श्रेष्ठ, मिनासिंह रखाल, धर्मराज रेग्मी र प्रदेश कमिटिका अध्यक्ष विनोद कुमार शाह रहेका छन् ।
यता, यस विषयमा कुरा गर्दा बस्नेतले भने आफू तीन पटक जिल्ला कमिटिको सल्लाहकार सदस्य भइसकेको, नेकपा एकताकालिन समयमा केन्द्रीय सदस्य बनेको दाबी गरे ।‘एकताकालीन नेकपाको केन्द्रीय सदस्य बनेको हो । २०७५ जेठ ८ गतेको जिल्ला कमिटिबाट म सल्लाहकार सदस्य बनेको हो ।’ उनले भने, ‘मेरो योग्यता पुगेकै कारण म उपाध्यक्ष भएको हो । खासमा म अध्यक्ष हुन यहाँ आएको हुँ तर उपाध्यक्षमा म घटुवा भएको हो ।’
तर, नेकपा एमाले जिल्ला कमिटि दैलेखका निवर्तमान अध्यक्ष रविन्द्रराज शर्माले भने उनी केन्द्रीय सदस्य नबनेको बताए । ‘उहाँलाई एक कार्यकाल जिल्ला कमिटि सल्लाहकार सदस्य बनाइएको हो । सल्लाहकार सदस्य बनाइएको भरमा उहाँको उपाध्यक्ष बन्ने आधार नै हुँदैन ।’ उनल भने, ‘यसबारेमा अध्यक्ष मण्डलले कुन आधारमा कसरी नियुक्ति दिएको हो म आफैं अच्चममा परेको छु ।’
उता, अध्यक्ष मण्डलका अध्यक्ष एवम इन्चार्ज लक्ष्मी पोखरेललाई यसबारेमा कुरा गर्न खोज्दा आफू वैठकमा भएको बताउँदै फोन काटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *