प्रेस चौतारी दैलेखको अध्यक्षमा थापा सर्वसम्मत चयन
मातृभूमी संवाददाता । ०४ माघ दैलेख
प्रेस चौतारी नेपाल दैलेख शाखाको छैठौं अधिवेशनवाट पुरुषोतम थापा (पुस्कर) को अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । प्रेस चौतारी दैलेखको सोमबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा हिक्मत बहादुर नेपाली, महिला उपाध्यक्षमा पानसरा सिंह, सचिवमा उदयराज अधिकारी, सह-सचिवमा यामराज विष्ट र धर्मरत्न थापा, कोषाध्यक्षमा सिता शाही, सदस्यहरुमा विजय शर्मा, निरुता कटुवाल, खगेन्द्र खड्का, हिक्मेन्द्र विक, पुजा भण्डारी, पवित्रा थापा मगर, सुरेन्द्रजंग शाही, हिमाल खत्री र लक्ष्मी शर्मा रहेका छन् ।
छैठौं अधिवेशन उद्घाटन कार्यक्रममा वोल्दै नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले, देशमा आमूल परिवर्तन गर्न प्रेस चौतारीका पत्रकारहरूको मुख्य भूमिका रहको बताए ।
कार्यक्रममा निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यलाई प्रेेस चौतारीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सह ईन्चाड बिष्णु शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । अधिवेशनमा प्रेस चौतारी दैलेखका संस्थापक सदस्य जनक न्यौपाने, केन्द्रीय सदस्य गोबिन्ददेव भारती र संस्थापक सदस्य मिरा स्वणर्कारले नर्व निर्वाचित कमिटीलाई वधाइ दिंदै सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।