नेपालमा एकैदिन थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण
मातृभूमी संवाददाता । ०४ माघ काठमाण्डाै
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) बाट थप १० हजार २ सय ५८ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका २२ हजार ८ सय २८ नमूनामध्ये सो संख्यामा संक्रमण देखिएको हो ।
यस्तै देशभर पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार थप ५ सय ६२ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख १३ हजार १ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।