सेवाग्राहीलाई कार्यालयमै खोपको व्यवस्था
मातृभूमी संवाददाता । १० माघ दैलेख
सार्वजनिक स्थानमा जाँदा कोरोना विरुद्धको खोप लगाएको प्रमाण स्वरुप खोप कार्ड देखाउनुपर्ने अवस्था आएका वेला जिल्ला प्रशासन कार्यालय दैलेखले खोप लगाउने सुविधाको व्यवस्था गरेको छ । सार्वजनिक स्थलमा जादाँ खोप कार्ड अनिर्वाय भनिरहँदा आम नागरिकलाई खोपको पहुँमा पुर्याउदै जिल्ला प्रशासनले प्रशासन हाताभित्र खोप लागउने व्यवस्था मिलाएको हो ।
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम वढेसंगै सरकारले सार्वजनिक स्थलमा जादा खोप कार्ड अनिवार्य लागुगरेपछि दैलेखमा पनि खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । कार्यालयमा कुनै कामको लागि आउने सेवाग्रहीले खोप कार्ड अनिवार्य ल्याएर आउने भनिरहँदा अधिकांश सेवाग्राहीले खोप नलगाएकाले उनिहरुलाई तत्काल सेवाका लागि प्रशासनै खोप लगाउने व्यवस्था मिलाइएको प्रशासनको भनाई छ ।
पुस २८ गतेदेखि जिल्ला प्रशासन कार्यालयको प्रतिक्षालयमा स्वासथ्यकर्मी खटाई खोप लगाउने व्यावस्था गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार प्रशासनमा आएर ८ दिनमा १३ सय भन्दा वढिले जोनसन नामको खोप लगाइसकेका छन् ।
खोप लगाउन अन्यौलता नहोस् र सेवाग्रहीले सहज रुपमा सेवा पाउन भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखसंग समन्वय गरी प्रशासनमै खोप लगाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले वताए । ‘हामिले यहाँ आएका सेवाग्रहीलाई खोप नलगाएको भए तुरुन्त यहि खोप लगाउँन आग्रह गरी सहज होस् भन्दै खोपको व्यवस्था गरेका हौ’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘यसरीनै जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आ-आफ्नो पालिका तथा वडा कार्यलयमा पनि सेवाग्रहीलाई खोपको पहँचमा पुर्याउन खोप लगाउने व्यवस्था मिलाउन जरुरी छ ।’
आम नागरिकले अहिले पनि खोपलाई सामान्य ठान्ने गरेकाले यसको आवश्यकता वुझि खोप नलगाएका नागरिकहरुले तुरुन्त खोप लगाउन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले वताए । वडा तथा पालिकाका जनप्रतिनिधिहरुले खोप नलगाएका नागरिकहरुलाई खोप लगाउन उत्प्रेरित गरी खोपको पहुँचमा पुर्याउन आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले वताए । ‘आम नागरिकलाई खोपप्रति अपन्वत्व जगाई जनप्रतिनिधिहरुले घरदैलो अभियान ल्याउन जरुरी छ’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘यो संगै परिक्षणको दायरा वढाउदै आम नागरिकको स्वास्थ्य सुरक्षामा जनप्रतिनिधिहरुले चासो दिनुपर्छ ।’ भारत तथा वाहीरीमु्लुकवाट आउने व्यक्तिलाई अनिवार्यरुपमा ५ देखि ७ दिन सम्म होम क्वारेन्टीमा वस्ने वातावरण मिलाउन स्थानीय तहहरुले व्यवस्था गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले वताए ।
उता जिल्ला प्रहरी कार्यालय दैलेखले पनि कोरोना संक्रमणवाट वच्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । वजारमा हिडडुल गर्दा होस् वा घरवाहि निस्कदा होस मास्कको अनिर्वाय प्रयोग गर्न आग्रह गरेको छ । वजारमा प्रचार प्रचार तथा सवारी चालकहरुलाई पनि प्यासेन्जरहरुलाई अनिर्वाय मास्क लगाउन अग्रह गर्न सुझाव दिएको दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद शाहले वताए । सम्र्पूण सवारी साधनहरु चेकजाँच गरी स्वास्थ्यका मापदण्ड अपनाएर सवारी चलाउन ट्राफिक प्रहरीले निगरानी गरेको प्रहरी प्रमुख डिएसपी साहले वताए ।