ओमिक्रोनपछि अर्को नयाँ भेरियन्टको जोखिम

मातृभूमी संवाददाता । १० माघ काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २ सय १ नमुना परीक्षण गर्दा १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि । त्यस्तै, पछिल्लो २४ घण्टमा ४ जना संक्रमितको मृत्यु भएको छ ।
सोमबार कोरोना संक्रमणबाट २ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६ सय ३४, ललितपुरमा ५ सय ८७ र भक्तपुरमा ४ सय ५५ जना संक्रमित थपिएका हुन् ।
यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड-१९ भाइरसको ओमिक्रोन भेरियन्टसँगै नयाँ भेरियन्ट देखिने जोखिम बढेकाले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए ।
ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरे ।
पौडेलले हाल दैनिक २ सय जना हाराहारीमा संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नु परेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टीलेटर आवश्यक परेको उनले जानकारी दिए ।
माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *