कोरोनाको तेस्रो लहरमा दैलेखका ८६ जनालाई काेराेना संक्रमण
मातृभूमी संवाददाता । १५ माघ दैलेख
कोरोनाको तेस्रो लहर फैलिएसँगै दैलेखमा हालसम्म ८६ जनालाई संक्रमण देखिएको छ । कोरोनाको तेस्रो लहर फैलिएसँगै पौषदेखी हालसम्म ८६ जनालाई संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।
दैलेखमा जिल्लामा संचालित पिसिआर र एन्टिजेन विधिवाट विभिन्न समयमा गरिएको परिक्षणमा ८६ जनालाई संक्रमण देखिएको हो । संक्रमण देखिएका सवै व्यक्ति होम आईसोलेसनमा वसिरहेका छन् ।
कोरोनाको जोखिम वढेको भन्दै जनस्वास्थ्यका सम्पुणर् मापदण्ड पालना गर्न निमित्त प्रमुख रेग्मीले जिल्लावासीसँग अनुरोध समेत गरेका छन् ।
नेपालमा कोरोनावाट थप ६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि १४ हजार ५ सय ६२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ५ हजार ९ सय २४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमित घटेसँगै सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ । नेपालमा ८७ हजार ३ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।