कर्णालीमा ३ हजार वढीलाई कोरोना संक्रमण
मातृभूमी संवाददाता । १७ माघ दैलेख
दैलेखमा कोरोना भाइरस (कोभिड-१९) को तेस्रो लहर शुरु भएयता हालसम्म ९० जना भन्दा वढिमा संक्रमण देखिएको छ । पुष महिनादेखी माघ १६ गते (आइतवार) सम्म ९० जनालाई संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिए ।
दैलेखमा जिल्लामा संचालित पिसिआर र एन्टिजेन विधिवाट विभिन्न समयमा गरिएको परिक्षणमा पुषदेखी माघ १६ गतेसम्म ९० जनालाई संक्रमण देखिएको रेग्मीले जानकारी दिएका हुन् । संक्रमण देखिएका सवै व्यक्ति होम आईसोलेसनमै वसिरहेका छन् ।
यसैगरी जिल्ला प्रशासन कार्यालय दैलेख र राष्ट्रिय वाणिज्य वैंक दैलेख शाखाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि यी दुवै कार्यालयको सेवा वन्द गरिएको छ । सेवाग्राहीहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्यजनर गर्दै माघ १७ गतेदेखि२१ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय दैलेखका सेवा प्रवाह बन्द गरिएको हो ।
यस्तै राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गत शुक्रवारदेखि एक हप्तासम्मका लागी शाखा कार्यालयवाट प्रवाह हुने सम्पुणर् सेवा प्रवाह वन्द गरिएको जनाईएको छ ।
लामो समय कोरोना संक्रमितको संख्या शुन्य रहेको दैलेखमा पछिल्लो समय संक्रमणको दर बढ्न थालेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले कोरोनाको जोखिम वढेको भन्दै जनस्वास्थ्यका सम्पुणर् मापदण्ड पालना गर्न जिल्लावासीसँग अनुरोध समेत गरेका छन् ।
कर्णालीमा तिन हजार वढीमा कोरोना
कर्णालीमा कोरोना भाइरस (कोभिड-१९)को तेस्रो लहर सुरु भएयता ३ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पुस महिनादेखि माघ १६ गतेसम्मको तथ्याङ्कलाई हेर्दा ३ हजार ६८ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा पुस महिनाभर जम्मा १ सय ६६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएकोमा माघको आधा महिनामा मात्रै २ हजार ९ सय २ जनामा कोरोना देखिएको जनाईएको छ । जुन पुस महिनाको तुलनामा झण्डै ९५ प्रतिशतले बढी हो । यो हिसाबले प्रदेशमा कोरोना संक्रमणको अबस्था भयावह बन्दै जान सक्ने स्वास्थ्यविद्हरुको अनुमान छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काका अनुसार पुस १२ गते प्रदेशभर जम्मा १ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि पुस १६ र २० गते संक्रमितको संख्या शुन्य थियो । पुस २२ गते ५ जनामा कोरोना संक्रमण देखियो । निर्देशक खड्काले भने, ‘पुस २६ मा आउँदा ह्वात्तै बढेर एकैदिन ३५ जनामा संक्रमण देखियो । माघ १ गते पुन संक्रमितको संख्या ४ मा झर्यो । त्यसपछि लगातार संक्रमणको दर उकालो लाग्दै गएको छ ।’
प्रदेशभर माघ ११ गते सबैभन्दा धेरै ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको थियो । आइतबार जम्मा ७८ जनामा मात्र संक्रमण देखिएको छ । तर तेस्रो लहरको हालसम्म भने कोरोना संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हाल प्रदेशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १५ रहेको छ । संक्रिय संक्रमितहरु मध्ये अधिकांश होम आइसोलेशनमा बसिरहेका छन् भने थोरै मात्रामा अस्पतालमा उपचाररत छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी पदम केसीका अनुसार झण्डै १ हजार ७ सय १६ जना कोरोना संक्रमित होम आइसोलेशनमा वसिरहेका छन् ।
यस्तै संक्रमितमध्ये ५ जनालाई आईसीयुमा राखेर उपचार भइरहेको छ । यसैगरी प्रदेश अस्पताल सुर्खेतमा १२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, चौरजहारी अस्पताल रुकुमपश्चिममा २ जना गरी २० जना संक्रमितहरु अस्पतालमा उपचाररत रहेका छन् ।