दैलेखमा पुषदेखि हालसम्म १ सय ३६ जनालाई कोरोना संक्रमण
मातृभूमी संवाददाता । १९ माघ दैलेख
दैलेखमा कोरोना भाइरस (कोभिड-१९) को तेस्रो लहर शुरु भएयता हालसम्म १ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । पुष महिनादेखी माघ १८ गते (मंगलबार) सम्म १ सय ३६ जनामा संक्रमण भएको स्वास्थ्य सेवा कार्यालय दैलखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिए ।
दैलेखमा जिल्लामा संचालित आरटि पिसिआर र एन्टिजेन विधिवाट ६ सय ८८ जनामा गरिएको परिक्षणमा पुषदेखी माघ १८ गतेसम्म १ सय ३६ जनालाई संक्रमण देखिएको रेग्मीले जानकारी दिएका हुन् । संक्रमण देखिएका सवै व्यक्ति होम आईसोलेसनमै वसिरहेका छन् ।
दैलेखमा कोरोना परिक्षण गरिएका मध्ये १९.७७ प्रतिशतमा संक्रमण देखिएको हो । कोरोना संक्रमण दर बढ्दै गएकाले जनस्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न स्वास्थ्री सेवा कार्यालय दैलेखले आम सर्बसाधारणलाई अनुरोध गरेको छ ।