रिहाईको माग गर्दै आन्दोलन

मातृभूमी संवाददाता । १९ माघ दैलेख
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दैलेखले पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा माग गदै आन्दोलन गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै सरकारले तर्जुमा गरेको वन सम्बन्धी नियमलाई लिएर गरिएको धर्नाका क्रममा पक्राउ परेका अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गर्दै आन्दोलन गरेको हो ।
प्रदेश वन ऐन निर्माण, संरक्षित क्षेत्र विस्तार तथा तेहेरो कर , दोरोरो टाचा खारेजको माग गदै आन्दोलन गरेको सामुदायिक वन उपभोक्ता महासंघ दैलेखका अध्यक्ष मणिराम रेग्मीले बताए ।
महासंघले सामुदायिक वन अधिकारका सन्दर्भमा उठाउँदै आएका मागहरुलाई सरकारले सम्बोधन नगरेसम्म सम्म नेपालभरका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहहरु र महासंघको ७७ जिल्लामा रहेका लाखौ सदस्यहरु आन्दोलन निरन्तर गरि रहने अध्यक्ष रेग्मीले जानकारी दिए । मंगलबार महासंघका अध्यक्ष भारती पाठक, महासचिव बिर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम लगायत धर्नामा सहभागी भएकालाई प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *